Skip to main content
प्रविधिNagarik News

सञ्चारमन्त्रीद्वारा कतार र इस्टोनियाका समकक्षीसँग सूचना प्रविधिमा सहकार्य गर्ने विषयमा छलफल

Read the full story at Nagarik News

सञ्चारमन्त्रीद्वारा कतार र इस्टोनियाका समकक्षीसँग सूचना प्रविधिमा सहकार्य गर्ने विषयमा छलफल

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले कतार र इस्टोनियाका समकक्षीसँग सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल गरेका छन्। अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) को सन् २०२६ को महासम्मेलन (आइटियु पीपी–२६) मा सहभागी हुन कतारको दोहा पुगेका मन्त्री तिमिल्सिनाले कतारका सञ्चार तथा सूचना प्रविधिमन्त्री मोहम्मद बिन अली अल मन्नाईसँग द्विपक्षीय भेटवार्ता गरेको नेपाली राजदूतावास, दोहाद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

दोहा एक्जिबिसन एन्ड कन्भेन्सन सेन्टरमा आयोजित सम्मेलनका अवसरमा भएको भेटमा मन्त्री तिमिल्सिनाले गत अगस्ट २६ मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री उपलब्ध गराएकोमा कतार सरकारप्रति आभार व्यक्त गरे। उनले सन् २०२४ अप्रिलमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले गरेको नेपालको राजकीय भ्रमणको स्मरण गर्दै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र दीर्घकालीन मित्रताको चर्चा गरे।

साथै, नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव नजिकिँदै गरेकोमा खुसी व्यक्त गरे। नेपालजस्तो भौगोलिक विविधता भएको मुलुकका लागि दूरसञ्चार क्षेत्रको महत्त्व उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले यस क्षेत्रमा कतारले हासिल गरेको प्रगतिको प्रशंसा गरे।