Skip to main content
स्वास्थ्यThaha Khabar2 outlets covering

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा

Read the full story at Thaha Khabar

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा

खोटाङः सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुङ्गाले जिल्ला अस्पताल खोटाङलाई ५० शय्याको अस्पताल भवन हस्तान्तरण गरेको छ। नेपाल सरकारको रु २२ करोड ९० लाख ४७ हजार ९२ लागतमा निर्माण गरिएको सुविधासम्पन्न अस्पताल भवनको प्रमाणपत्र बिहीबार सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुङ्गाका प्रमुख इन्जिनियर सुरज पौडेलले जिल्ला अस्पताल खोटाङका निमित्त प्रमुख डा पुस्कल राईलाई हस्तान्तरण गरेका हुन्।

विसं २०७८ असार २४ गते सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गासँग सम्झौता गरिएको अस्पताल भवन ३० महिनामा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको थियो। निर्माण कम्पनी श्यामसुन्दर–रामसागर–नेपाल फूलबारी जेभीले निर्माणको जिम्मा लिएको लिफ्ट प्रविधिसहितको चारतले आरसिसी ढलानसहितको अस्पताल भवन समयमा सम्पन्न नभएपछि निर्माण व्यवसायी सुनिल राईले जिम्मा लिएर निर्माण गरेपछि सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गालाई हस्तान्तरण गरेको थियो।

सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाले औपचारिक रूपमा ५० शय्याको अस्पताल भवन हस्तान्तरण गरेसँगै तिहारपछि सेवा शुभारम्भ गर्ने तयारी गरिएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख राईले जानकारी दिए। ‘सुविधासम्पन्न अस्पताल भवनका लागि आवश्यक सामग्री जडान गर्न बाँकी छ।