Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

लभमाथि खनिए दर्शक : स्काउटसँगको विवादलाई भने, ‘अटेन्सनका लागि नाटक’

Read the full story at Onlinekhabar (Nepali)

लभमाथि खनिए दर्शक : स्काउटसँगको विवादलाई भने, ‘अटेन्सनका लागि नाटक’

गेमिङ क्रिएटर स्काउट ओपी र यङबीचको झगडाले चर्चा पाइरहेका बेला अभिनेत्री लभ गिल पनि स्काउटसँगको विवादका कारण चर्चामा आएकी छन् । पछिल्लो एपिसोडमा स्काउट र लवबीच भनाभन भएको थियो । कुराकानीकै क्रममा लभले आफूले केही गर्दा आफ्नो चरित्रमाथि प्रश्न उठाइने गरेको आशय व्यक्त गरेकी थिइन् । तर, स्काउटको जवाफ उनलाई मन परेन । त्यसपछि उनी रिसाएको दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

उक्त भिडियो सार्वजनिक भएपछि दर्शकहरू भने लभकै व्यवहारमाथि प्रश्न उठाइरहेका छन् । सामाजिक सञ्जाल एक्समा केही प्रयोगकर्ताले लभको प्रतिक्रियालाई नाटकको संज्ञा दिएका छन् । उनीहरूका अनुसार स्काउटले सामान्य मजाक गरेका थिए र त्यसबेला लव आफैं पनि हाँसिरहेकी थिइन् । एक प्रयोगकर्ताले स्काउटले मजाक गर्दा लभ हाँसिरहेको तर अरूले प्रश्न गरेपछि स्काउटसँग झगडा गर्न थालेको टिप्पणी गरेका छन् । अर्का प्रयोगकर्ताले लभले दर्शकको ध्यान खिच्न विवादलाई ठूलो बनाएको आरोप लगाएका छन् ।

यता, केही दर्शक भने स्काउटको समर्थनमा उत्रिएका छन् । उनीहरूले शोभित्र स्काउटले धेरै कुरा सहनुपरेको र आफूले साथी ठानेका व्यक्तिहरूले नै पछाडि कुरा काट्न थालेको टिप्पणी गरेका छन् । यसअघि पनि स्काउट र यङबीच चर्काचर्की भएको थियो । उक्त विवादपछि बिग बोसले स्काउटलाई पूरै सिजनका लागि मनोनयनमा राख्ने निर्णय गरेको थियो ।