Skip to main content
अर्थतन्त्रOnlinekhabar (Nepali)2 outlets covering

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

Read the full story at Onlinekhabar (Nepali)

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

जनकपुरले लिगको ७ वटै खेल खेलिसक्दा जम्मा २ जितबाट ४ अंक मात्र जोड्न सक्यो । यस्तै एक खेल खेल्न बाँकी कर्णालीको ४ अंक मात्र छ । कर्णालीले अन्तिम खेल जितेपनि शीर्ष चारमा पुग्दैन । २७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । ६ खेलमा तेस्रो जित हात पारेको चितवन ७ अंक जोड्दै चौथो स्थानमा उक्लेको छ र प्लेअफ सम्भावना बलियो बनेको छ ।

चितवनले लिगको अन्तिम खेलमा आइतबार कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल अघि शनिबार विराटनगर किंग्स लुम्बिनी लायन्ससँग पराजित भएमा पनि चितवनले प्लेअफमा स्थान पक्का गर्नेछ । विराटनगर विजयी भएमा भने चितवनले अन्तिम खेलमा कर्णालीलाई पराजित गर्नुपर्नेछ । चितवनलले जित हात पार्दा पराजित जनकपुरसँगै कर्णाली याक्स पनि प्लेअफ होडबाट बाहिरिएका छन् । जनकपुरले लिगको ७ वटै खेल खेलिसक्दा जम्मा २ जितबाट ४ अंक मात्र जोड्न सक्यो । यस्तै एक खेल खेल्न बाँकी कर्णालीको ४ अंक मात्र छ ।

कर्णालीले अन्तिम खेल जितेपनि शीर्ष चारमा पुग्दैन । चितवनका लागि डाविड मालानले अविजित रहँदै सर्वाधिक ३५ रन बनाए । उनले ३९ बल खेल्दै १ छक्का प्रहार गरे । कुशल मल्लले १५, रवि बोपारले १३ र कमिल मिशाराले १२ रन जोडे ।