Skip to main content
राजनीतिNepal Khabar

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्यो

Read the full story at Nepal Khabar

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्यो

म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ४, नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ। अनुकूल मौसम भएपछि दसैँ, तिहारको बिदा मनाउनका लागि ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आधार शिविर, पञ्चकुण्ड ताल र मौरिस हर्जोग पदमार्गमा चहलपहल बढेको हो। मौरिस हर्जोग पदमार्गका अभियान्त तेज गुरुङले दसैँपछि दैनिक २०० जनाको हाराहारीमा नेपाली, भारतीय र तेस्रो मुलुकका पर्यटक आधार शिविरको भ्रमणमा गइरहेका जानकारी दिए ।

'गत असोजको मनसुनजन्य विपत्‌बाट क्षति नपुगेको र सुरक्षित भएकाले बिदा मनाउनका लागि युवायुवती र रोजगारी भएकाहरूले अन्नपूर्ण आधार शिविरलाई रोजेका छन्', उनले भने, 'पदमार्गका रेष्टुरेन्ट र क्याम्प भरिभराउ छन्। ' समुद्री सतहदेखि ४ हजार ५० मिटरको उचाइमा अवस्थित आधार शिविर पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । बेनी, भुरुङ-तातोपानी र नारच्याङका पर्यटन व्यवसायीहरू उत्साहित भएका छन्।

अन्नपूर्ण आधार शिविरको पारिवारिक भ्रमण सकेर बेनी फर्किएकी म्याग्दी बहुमुखी क्याप्पसका प्राध्यापक मनिता रायमाझीले दुईदेखि तीन दिनमा गर्न सकिने अन्नपूर्ण आधार शिविरको यात्रा छोटो, साहासिक र रमणीय भएको प्रतिक्रिया दिए।