अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ
Read the full story at Onlinekhabar (Nepali)

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार मोरङ, सुर्खेत, ललितपुर, उदयपुर, धनुषा, दाङ र बर्दियाबाट ९ जना पक्राउ परेका हुन् । मोरङको विराटनगर महानगरपालिका–१२ रोडषेशस्थित बिरेन्द्र होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४८ ग्राम ५ मिलिग्राम र डिजिटल तराजु १ थान सहित होटल संचालक सोही महानगरपालिका–११ बस्ने ३५ वर्षीय निकु सिंहलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ प्रगतिटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ५ सय ५० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका–६ बस्ने २५ वर्षीय नितेस सुनार र सोही नगरपालिका–३ बस्ने २७ वर्षीय सुरेश शाही रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । त्यस्तै, ललितपुरको गोदावरी नगरपालिका–१४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट सहित सोही नगरपालिका–४ बस्ने २१ वर्षीया अनिता परियारलाई बुधबार बेलुकी प्रहरी पक्राउ गरेको छ ।
प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो ।
More society
- Police chief removed after falling out with PM’s officeKathmandu Post
- Former police chief Karki moves Supreme Court against removalKathmandu Post
- Nearly 10 million Nepali children exposed to unhealthy air, UNICEF warnsKathmandu Post
- Nepali Congress alleges surveillance around Gagan Thapa amid arrest rumoursKathmandu Post
- अमेरिकामा नेपाली नर्स ममता बेपत्ता प्रकरण : पति नरेशले अदालतमा के दिए बयानNepal Khabar
- पहिलोपटक गाउँले भूमिकामा अनमोल, बुवाको धेरै फिल्म नखेलेकोमा मानिरहेका छन् पछुतोNepal Khabar