Skip to main content
अर्थतन्त्रBizmandu

दुई सयका भाँडादेखि ५० हजारका कलात्मक सामग्रीसम्म, तिहारमा हस्तकलाको बजार विस्तार

Read the full story at Bizmandu

काठमाडौं। सुनचाँदीको मूल्य महँगिँदै जाँदा तिहारमा परम्परागत हस्तकलाका सामानको माग बढ्न थालेको छ। धनतेरसदेखि लक्ष्मीपूजासम्म सुनचाँदीसँगै तामाका दियो, पानस, घण्टी, करुवा, मूर्ति र चरेसका थालजस्ता नेपाली मौलिक हस्तकलाका सामग्रीले बजार पाउन थालेका छन्। पहिले धनतेरसका दिन मात्रै यस्ता सामग्री खरिद गर्ने उपभोक्ता पछिल्लो समय घरको सजावट र उपहारका लागि समेत हस्तकलाका सामान रोज्न थालेका छन्।

सुनचाँदीको मूल्य लगातार बढेपछि तुलनात्मक रूपमा सस्तो र परम्परागत पहिचान बोकेका हस्तकलाका सामग्रीप्रति उपभोक्ताको आकर्षण बढेको व्यवसायीको भनाइ छ। नेपाल हस्तकला महासंघका अध्यक्ष रवीन्द्र शाक्यका अनुसार धनतेरसदेखि लक्ष्मीपूजासम्म हस्तकलाका सामग्रीको माग उल्लेख्य हुने गरेको छ। यस वर्ष उपभोक्ताले मौलिक नेपाली उत्पादन खोज्न थालेकाले व्यवसायीले पनि परम्परागत शिल्प र नेपालीपन झल्किने सामग्री उत्पादनमा जोड दिएका छन्। ‘बजारको मागअनुसार कला तथा परम्परागत शिल्पकलाका व्यवसायीले धनतेरस र तिहारलाई लक्षित गरेर नेपालीपन झल्किने सामग्री तयार गरेका छन्।

पहिले नेपालीजस्तो देखिने पानस र चरेसका थालसमेत भारतबाट आयात हुन्थे। कमसल र उपभोक्ताको स्वास्थ्यमा असर गर्न सक्ने आयातित सामग्रीलाई विस्थापित गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिएका छौँ,’ शाक्यले भने।