Skip to main content
राजनीतिBizmandu

सर्वोच्चका लागि प्रस्तावित चार न्यायाधीश संसदीय सुनुवाइ समितिबाट अनुमोदित

Read the full story at Bizmandu

काठमाडौं। सर्वोच्च अदालतका लागि प्रस्तिवित चारै जना न्यायाधीशलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। बिहीवार उजुरीमाथिको छलफल तथा शुक्रवार र शनिवारको सुनुवाइपछि समितिले अनुमोदन गरेको हो। असोज २० गतेको न्यायपरिषद्को बैठकले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डागीलाई सर्वोच्चको न्यायाशीध सिफारिस गरेको थियो।

समितिले सुनुवाइपछि शनिबार चारैजनाको नाम अनुमोदन गरेको छ। बागचन्द उच्च अदालत पोखरा, सारु र पाण्डे उच्च अदालत पाटन तथा उच्च अदालत जनकपुरमा कार्यरत थिए। उनीहरुविरुद्ध १३ वटा उजुरी परेकोमा समितिले उजुरीकर्ता र प्रस्तावित न्यायाधीशलाई बोलाएर सोधेका थियो। अब राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएपछि चारै जनाको नियुक्ति हुने छ।

पाण्डेविरुद्ध बिचौलिया दीपक भट्ट र इनम सापकोटासँग जोडिएको भन्दै संसदीय सुनुवाइ समितिमा उजुरी परेको थियो। उजुरीमा बिचौलिया प्रकरणमा जोडिएका पाण्डे न्यायाधीशका लागि अयोग्य रहेको दाबी गरिएको भने समितिले न्यायपरिषद्को सिफारिसलाई योग्य ठहर्‍याएको छ।