पुटिनको अडानपछि रूस-युक्रेन शान्ति वार्तामा नयाँ ट्विस्ट : युरोपको भूमिका के हुन्छ ?
Read the full story at Nagarik News

रूस र युक्रेनबिच जारी युद्ध अन्त्य गर्ने उद्देश्यले भइरहेको अमेरिकी मध्यस्थतामा आधारित शान्ति वार्तामा अब युरोपेली प्रतिनिधिहरू पनि सहभागी हुने भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि आगामी चरणको वार्तामा युरोपेली प्रतिनिधिहरू सहभागी हुने जानकारी दिएका हुन्। बिहीबार मस्कोस्थित क्रेमलिनमा पुटिनसँग करिब दुई घण्टा छलफल गरेपछि अमेरिकी विशेष दूत विटकफ र ट्रम्पका ज्वाइँसमेत रहेका जेरेड कुशनर आयरल्यान्डको डब्लिन पुगेका थिए।
त्यहाँ उनीहरूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गरी पछिल्लो वार्ताको प्रगतिबारे जानकारी गराएका हुन्। यसअघि मंगलबारदेखि बुधबारसम्म संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा रूस, युक्रेन र अमेरिकाका प्रतिनिधिबिच प्रत्यक्ष वार्ता भएको थियो। नौ महिनापछि भएको यस त्रिपक्षीय वार्तामा युद्ध अन्त्य गर्ने विषयमा केही प्रगति भए पनि क्षेत्रीय विवाद र युद्धपछिको सुरक्षा व्यवस्थाबारे सहमति जुट्न सकेन।
विटकफले आगामी वार्तामा युरोपेली प्रतिनिधिहरू पनि सहभागी हुने बताएका छन्। कुशनरले समेत युरोपको सहभागिताले युद्धपछिको युरोपेली सुरक्षा व्यवस्थासहित रूस र युक्रेनबिचका विवादित विषयमा छलफल गर्न सहज हुने बताएका छन्। पुटिनले भने रूसले युरोपसँग संवाद गर्न कहिल्यै अस्वीकार नगरेको दाबी गरेका छन्।
More world
- अमेरिकी डलरको भाउ बढ्यो, अरू विदेशी मुद्राको मूल्य थप घट्योNepal Khabar
- The Nepali border villages that empty for six months every yearKathmandu Post
- International cricketers fall in love with Nepal beyond TU GroundKathmandu Post
- Asylum centre on military base near Piddington approvedBBC
- Is the TFFF rainforest fund failing due to a lack of money?DW
- Modi in Bengaluru: PM flags off elevated stretch of Namma Metro Pink Line | LIVEThe Hindu