Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

च्यासलदेखि स्वयम्भूसम्म : ओझेलमा परेको किरात राजाको मूर्ति

Read the full story at Onlinekhabar (Nepali)

च्यासलदेखि स्वयम्भूसम्म : ओझेलमा परेको किरात राजाको मूर्ति

काठमाडौँ उपत्यकाको इतिहासलाई गोपालराज वंशावलीले शासक अनुकूल तोडमरोड गरे पनि यहाँका गल्ली, फल्चा र उपेक्षित मूर्तिहरूले प्राचीन किरात सभ्यताको जीवन्त गवाही दिइरहेका छन्। काठमाडौँ उपत्यकामा मध्यकालको सभ्यता भव्य मन्दिर, कलात्मक टुँडाल र लालदरबारहरूमा स्पष्ट देखिन्छ। यहाँ त्योभन्दा अघिका लिच्छविकालीन मन्दिरहरू (चाँगुनारायण, पशुपति आदि) पनि छन्। इतिहासअनुसार, लिच्छविभन्दा अघि यहाँ किरातको शासन थियो। तर, उनीहरूद्वारा तयार गरिएका कुनै शिलालेख, दरबार, मुद्रा आदि भेटिएका छैनन्।

किरात राजाहरूको नाम वंशावलीमा मात्र सीमित छ। त्यसैले किरात शासनकाल स्पष्ट छैन। तर, काठमाडौँ उपत्यकामा किरातको उपस्थितिको बलियो प्रमाण लिच्छविकालीन शिलालेखहरूमा लुकेको छ। ती शिलालेखहरूमा लिच्छविभन्दा अगाडि प्रचलनमा रहेका थुप्रै आदिम शब्दहरू यत्रतत्र भेटिन्छन्। यस्ता शब्दहरू धनवज्र बज्राचार्यलिखित २०३० सालमा प्रकाशित ‘लिच्छविकालका अभिलेख’ शीर्षक पुस्तकमा प्रशस्त छन्।

ती शब्दहरू संस्कृत होइनन्। तिब्बती वा चिनियाँ पनि होइनन्। जस्तो कि माखोपृं, कादुङ, फेरङ, बूगायूमी, लेम्बटी, कुर्पासी, तेस्तुङ्ग, शङ्गा, चुस्तुङ, पनप्फु, चुहुङपेङ्या, चुहुंगपेडानियुक्तस्य, केदुम्बा, नालङ्ग, तेङ्खु, गिच्छिजा, प्रोङनिप्रङ, कुथेर, लिङ्ग्वल, माप्चोक। यी शब्दहरू कालक्रमअनुसार संस्कृत हुनुपर्ने हो, तर संस्कृत पनि होइनन्।