Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

बुद्धिमान कागका अनेक खुबी : मान्छेको अनुहार चिन्छ, उपहार ल्याइदिन्छ

Read the full story at Onlinekhabar (Nepali)

बुद्धिमान कागका अनेक खुबी : मान्छेको अनुहार चिन्छ, उपहार ल्याइदिन्छ

कागहरू बुद्धिमानी मात्र नभएर पौराणिक कथाहरूका कारण पनि मान्छेहरूबीच प्रख्यात चरामा पर्छन्। संसारका धेरै सभ्यतामा, हाम्रो सभ्यतासहित, कागहरू जीवन र मृत्यु जोड्ने जीव भनेर लिइन्छ। बिहानै मेरो फोनमा मेसेज आयो। केही हप्ताअगाडि मसँग चराहरूको फिडरबारे केही प्रश्न सोधेको एक जना साथीको मेसेज थियो। मैले उनलाई चराका विभिन्न प्रकारका फिडर र आहाराबारे बताएको थिएँ।

उनले त्यहीअनुसार फिडर राखेछन् र चराहरू आउन पनि थालेछन्। तिनै चरा हेर्दै गर्दा उनले एउटा अनौठो कुरा याद गरेछन्। उनको कौसीमा हरेक दिनजस्तो नयाँनयाँ वस्तु राखिने गरेको रहेछ। कहिले रबर ब्यान्ड त कहिले चम्किला प्लास्टिक। पहिलो केही दिन त उनलाई कोही बच्चाहरूले ल्याएर छोडेको हो कि झैँ लागेछ।

तर, हरेक दिन नयाँ वस्तु थपिँदै गएको पनि उनले ध्यान दिन थालेछन् र अन्त्यमा गिफ्ट ल्याइदिनेसँग जम्का भेट भएछ। त्यो गिफ्ट ल्याइदिने त मान्छे नभएर काग रहेछ। कागहरू असिन प्यसेराइनभित्र कोर्भिडेइ परिवारमा पर्छन् र असिन प्यसेराइनको विकास र उत्पत्ति करिब ५.३ कसडक वर्षअगाडि अन्टार्कटिका र अस्ट्रेलियाको टापुको छुट्ने क्रम सुरु हुनुअगाडि भएको देखिन्छ। कागका प्रजाति आफैँमा भने त्यो भन्दा धेरै पछि विकास भएको अध्ययनले देखाउँछ।