सनी देओलले फार्महाउस पुगेर यसरी सम्झिए पिता धर्मेन्द्रलाई
Read the full story at Onlinekhabar (Nepali)

उनले सामाजिक सञ्जालमा फार्महाउस भ्रमणको एउटा भिडियो सेयर गरेका छन् । भिडियोमा उनी खेतको बीचमा उभिएर धान काट्ने काम हेरिरहेका छन् । उक्त पोस्टको क्याप्सनमा उनले ‘मिसिङ यू पापा’ लेखेका छन् । सनी देओलले सेयर गरेको भिडियोमा उनी छोरा करण देओलसँग फार्महाउसको खेतमा उभिएका देखिन्छन् । त्यहाँ स्थानीय कामदारहरू धान काट्ने काममा व्यस्त छन्। भिडियोमा सनीले छोरालाई भन्छन्, ‘यो मेरो पापाको खेत हो ।
तिम्रा लागि उहाँ हजुरबुबा हुनुहुन्थ्यो । ’ त्यसपछि करणले टाउको हल्लाएर सहमति जनाउँछन्। सनीले भिडियोको पृष्ठभूमिमा आफ्नो चर्चित फिल्म ‘अपने’ को शीर्ष गीत राखेका छन्। साथै, रातो मुटुको इमोजी राखेर आफ्ना भावना व्यक्त गरेका छन्। महाराष्ट्रको लोणावला र खण्डालाका पहाडको बीचमा रहेको यो फार्महाउस करिब १०० एकड क्षेत्रफलमा फैलिएको छ। धर्मेन्द्रले यो फार्महाउस सन् १९८५ मा किनेका थिए।
धर्मेन्द्र यसलाई आफ्नो सबैभन्दा शान्त र मनपर्ने ठाउँ मान्थे । काठ र ढुङ्गाले बनेको यस फार्महाउसमा उनी आफ्नै हातले फलफूल र तरकारी उमार्थे । धर्मेन्द्रले यहाँ ट्र्याक्टर चलाउँदै र खेतीपाती गर्दै गरेका भिडियो पनि सामाजिक सञ्जालमार्फत प्रशंसकसँग साझा गर्ने गर्थे। करोडौँको सम्पत्तिका मालिक भए पनि धर्मेन्द्रलाई मुम्बईको चमकधमकभन्दा फार्महाउसको सरल जीवन मन पर्थ्यो ।
More politics
- As arrest rumours swirl, Congress sees plot to silence ThapaKathmandu Post
- Bagmati Province to build homes for 1,000 homeless familiesKathmandu Post
- Nepal sets up round-the-clock centre to combat online financial scamsKathmandu Post
- Naresh Bhatt says he dismembered wife’s body after finding her deadKathmandu Post
- Winning the toss is not benefiting the teams in NPL Season 3Kathmandu Post
- Sudurpaschim set Karnali 177-run targetKathmandu Post