Skip to main content
समाजSetopati

श्रमिकको १७४० र विशेषज्ञको ८४०० रूपैयाँसम्मको दैनिक ज्यालाले कति बढ्छ निर्माण लागत?

Read the full story at Setopati

श्रमिकको १७४० र विशेषज्ञको ८४०० रूपैयाँसम्मको दैनिक ज्यालाले कति बढ्छ निर्माण लागत?

सरकारले सार्वजनिक खरिदमा संलग्न श्रमिकको न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य गर्ने नयाँ कार्यविधि जारी गरेको छ। निर्माण तथा फिल्डमा काम गर्ने श्रमिकको दैनिक पारिश्रमिक सामाजिक सुरक्षासहित न्यूनतम १ हजार ७ सय ४० रुपैयाँ, व्यावसायिक श्रमिक तथा विशेषज्ञको हकमा दैनिक ८ हजार ४ सय रुपैयाँसम्मको आधार दर निर्धारण गरिएको छ। सरकारले सार्वजनिक निर्माण आयोजनाको लागत अनुमान तयार गर्दा प्रयोग गर्ने जिल्ला दररेट भने यसभन्दा निकै कम छ। सरकारले नै निर्धारण गरेको जिल्ला दररेट र नयाँ कार्यविधिमा तोकिएको पारिश्रमिकबीच ठूलो अन्तर देखिन्छ।

कार्यविधिले सार्वजनिक निकायबाट हुने निर्माण, मालसामान आपूर्ति, परामर्श तथा अन्य सेवा खरिदमा संलग्न श्रमिकलाई समेटेको छ। मुख्य निर्माण व्यवसायी, सब-कन्ट्र्याक्टर, श्रमिक आपूर्तिकर्ता तथा उद्योग र कम्पनीले समेत यसको पालना गर्नुपर्ने हो। अदक्ष श्रमिकको दैनिक आधार दर १ हजार ४ सय ५० रुपैयाँ छ। यसमा सार्वजनिक निकायको १० प्रतिशत र रोजगारदाताको १० प्रतिशत योगदान थप्दा दैनिक लागत १ हजार ७ सय ४० रुपैयाँ हुन्छ।

आधारभूत कालिगड, ज्यामी तथा सुरक्षा गार्डको आधार दर १ हजार ६ सय रुपैयाँ छ। सामाजिक सुरक्षासहित यो १ हजार ९ सय २० रुपैयाँ पुग्छ। योगदानसहित २ हजार १ सय रुपैयाँ हुन्छ। दक्ष कालिगडको आधार दर १ हजार ९ सय रुपैयाँ र सामाजिक सुरक्षासहित २ हजार २ सय ८० रुपैयाँ तोकिएको छ।