४ जना मृत अवस्थामा फेला
Read the full story at Ratopati
_JezBqOx6nJ.webp&w=1920&q=70)
काठमाडौँ । देशका विभिन्न चार जिल्लामा चार जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सुनसरी, मोरङ, सिन्धुली र तनहुँका विभिन्न स्थानमा बिहीबार उनीहरू मृत फेला परेका हुन् ।
सुनसरीको इनरुवा नगरपालिका–८ खोरिया टोलस्थित बाटोको नालामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस्तै, मोरङको केराबारी गाउँपालिका–२ फाईवा बस्ने ३१ वर्षीया पार्वती लिम्बु सोही ठाउँस्थित बारीमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । यसैगरी, सिन्धुलीको मरिण गाउँपालिका–२ मुङ्ग्रे दोभान बस्ने ६५ वर्षीय मान बहादुर माझी सोही ठाउँस्थित मरिण खोलाको किनारमा बिहीबार मृत फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै, तनहुँको ब्यास नगरपालिका–१० दुम्सीकोट बस्ने ६७ वर्षीय मिन बहादुर थापा सोही ठाउँस्थित बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
More politics
- Land classification delays force government to amend regulations for fourth timeKathmandu Post
- Makawanpur crash kills 14, casts shadow over Chhath preparationsKathmandu Post
- Nepali negotiators at COP31 cling to hope for mountain agendaKathmandu Post
- Why teams are preferring to bat first at NPLKathmandu Post
- Kathmandu airport unable to collect Rs1.5 billion from 42 entitiesKathmandu Post
- Nepali workers make a living on Kedarnath’s 22-kilometre trailKathmandu Post