नेपाल–बंगलादेशदेखि युरोपसम्म : युवा आन्दोलनका पाँच साझा आधार
Read the full story at Nepal Khabar

बंगलादेश, श्रीलंका, नेपाल, भारत र युरोपका युवा आन्दोलनले दिएको साझा सन्देश- रोजगारी, सुशासन, सामाजिक न्याय र सम्मानजनक जीवन अब राजनीतिको किनाराको विषय होइन, राज्यको औचित्यसँग जोडिएको मूल प्रश्न हो। सडकमा उत्रिएको युवाको भिडलाई केवल सरकारविरोधी प्रदर्शनका रूपमा बुझ्नु आजको विश्वको बदलिँदो राजनीतिक र सामाजिक यथार्थलाई अधुरो बुझ्नु हो।
त्यो भिडभित्र बेरोजगारीको पीडा, अवसरमा विभेद भएको अनुभूति, महँगीले थिचिएको जीवन, भ्रष्टाचारप्रतिको आक्रोश र भविष्यप्रतिको अनिश्चितता एकैसाथ अभिव्यक्त भइरहेको हुन्छ। आजको युवा पुस्ताले राज्यसँग केवल शासन परिवर्तनको माग गरिरहेको छैन, उसले आफ्नो शिक्षा र सिपको मूल्य खोजिरहेको छ, परिश्रमबाट आत्मनिर्भर बन्ने अवसर खोजिरहेको छ, सार्वजनिक संस्थामा निष्पक्षता खोजिरहेको छ र आफूले रोजेको देशमै सम्मानपूर्वक जीवन बिताउन सक्ने सम्भावना खोजिरहेको छ।
बंगलादेश, श्रीलंका, नेपाल, भारतदेखि युरोपका विभिन्न मुलुकसम्म देखिएका युवा आन्दोलनका कारण र परिणाम फरक छन्। कतै सरकारी रोजगारीमा आरक्षण र योग्यताको प्रश्न आन्दोलनको कारण बनेको छ, कतै आर्थिक संकटले राजनीतिक नेतृत्वलाई विस्थापित गरेको छ, कतै भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रताको प्रश्न उठेको छ भने कतै रोजगारी हुँदाहुँदै पनि आवास र जीवनयापनको खर्च धान्न नसक्ने अवस्था असन्तुष्टिको कारण बनेको छ।
More politics
- The Sapkota scandal is not really about SapkotaKathmandu Post
- New bridge connects communities separated by Lalbakaiya riverKathmandu Post
- Mothers remain at risk even in tertiary hospitalsKathmandu Post
- Is this government governing, or just putting on a show?Kathmandu Post
- Thapa seeks Oli’s support to save Congress-led Madhesh governmentKathmandu Post
- Saudi firm to pay 181,000 riyals to family of Nepali killed in drone strikeKathmandu Post