इरानमा अमेरिकी हमला पुष्टि गर्दै ट्रम्पले भने : वार्तामा धेरै प्रगति भएको छ
Read the full story at Nagarik News

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको केश्म टापुमा अमेरिकी सेनाले सीमित हमला गरेको पुष्टि गरेका छन्। उनले इरानसँग भइरहेको वार्तामा पनि ‘धेरै प्रगति’ भएको दाबी गरेका छन्। फ्लोरिडाको वेस्ट पाम बीचमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले अमेरिकी सेनाले इरानी हवाई रक्षा प्रणालीलाई लक्षित गरी सानो र रक्षात्मक प्रकृतिको हमला गरेको बताएका हुन्। ‘हामी साना प्रहार गर्छौं।
उनीहरूले विमानविरोधी उपकरण बनाएका थिए र हामीले त्यसलाई छोटो समयमै ध्वस्त पार्यौं,’ ट्रम्पले भने। ट्रम्पको भनाइअघि इरानी सरकारी सञ्चारमाध्यमले होर्मुज जलमार्गमा रहेको केश्म टापुको सुजा क्षेत्रमा दुई वटा क्षेप्यास्त्र प्रहार भएको जनाएका थिए। इरानी सरकारी प्रसारक आईआरआईबीले केश्म टापुमाथि उडिरहेको अमेरिकी एमक्यू-९ ड्रोनलाई आफ्नो वायु रक्षा प्रणालीले खसालेको पनि जनाएको थियो। मध्यपूर्वमा अमेरिकी सैन्य गतिविधि हेर्ने अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले घटनाबारे जानकारी रहेको बताउँदै त्यस क्षेत्रमा अवस्था ‘तुलनात्मक रूपमा शान्त’ रहेको जनाएको छ।
यसैबिच, ट्रम्पले अमेरिका र इरानबिच वार्ता जारी रहेको बताएका छन्। ‘हामी अहिले उनीहरूसँग कुरा गरिरहेका छौं। उनीहरू सम्झौता गर्न चाहन्छन्,’ उनले भने। उनले थपे, ‘हामीले इरानसँग वार्तामा धेरै प्रगति गरेका छौं।’ तर वार्ताको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
More world
- अमेरिकी डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य थप गिरावटNepal Khabar
- Bengaluru: Seven-murder accused allegedly terrorised neighbours for years, say residentsThe Hindu
- Wayanad landslides: Despite township progress, 13 Adivasi families still caught between ‘no-go zones’ and delayed rehabThe Hindu
- Abhishek alleges attack by ‘BJP hooligans’ on residence, claims 7th attempt on his life in 6 monthsThe Hindu
- Faith meets fitness: The Keralam church where prayers come with pull-upsThe Hindu
- Analysis: Akali Dal's Old Guard Returns, But Can Badals Win Back Punjab?NDTV