प्रस्तावित न्यायाधीश बागचनलाई रास्वपा सांसद चौलागाईंले सोधे २३ प्रश्न
Read the full story at Onlinekhabar (Nepali)

२० कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधुकुमार चौलागाईंले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित डा. रत्नबहादुर बागचनलाई विभिन्न २३ वटा प्रश्न गरेका छन् । संसदीय सुनुवाइ समितिमा प्रस्तावित न्यायाधीश बागचनको कार्ययोजना सुनेपछि सांसद चौलागाईंले लिखित रूपमा लिएर आएको २३ वटा प्रश्नको ब्याख्यासहित प्रस्तुत गरेका हुन् । फैसला कार्यान्वयन प्रणालीमा विद्यावारिधि गर्नुभएको छ ।
सर्वोच्च अदालत पुगेपछि आफ्नो प्राज्ञिक विज्ञता र योजनालाई फैसला कार्यान्वयन संयन्त्र प्रभावकारी र द्रुत बनाउन कसरी प्रयोग गर्नुहुन्छ ? उच्च अदालत पोखरामा मुद्दा फछ्र्योटका लागि अपनाउनुभएका सफल अभ्यास के थिए ? ती सर्वोच्च अदालतमा लागू गर्न सक्नुहुन्छ कि सक्नुहुन्न ? डिजिटल अपराध र प्रविधिको दुरुपयोग बढिरहेको अवस्थामा सर्वोच्च अदालतमा साइबर कानुनको सही व्याख्या र डिजिटल न्यायशास्त्र विकासका लागि तपाईंको दृष्टिकोण के छ ? ४.
दलित र सीमान्तकृत समुदायको अधिकारमा कस्तो प्रगतिशील न्यायिक दृष्टिकोण अपनाउनुहुन्छ ? भूमिसुधार, मोही हक, दलित तथा सीमान्तकृत वर्गको अधिकारसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले कस्तो प्रगतिशील न्यायिक दृष्टिकोण अपनाउनुपर्छ ? ५. सिक्टा सिँचाइ आयोजनामा प्रतिवादीलाई सफाइ दिनुपर्ने परिस्थिति किन आयो ?
More politics
- As arrest rumours swirl, Congress sees plot to silence ThapaKathmandu Post
- Bagmati Province to build homes for 1,000 homeless familiesKathmandu Post
- Nepal sets up round-the-clock centre to combat online financial scamsKathmandu Post
- Naresh Bhatt says he dismembered wife’s body after finding her deadKathmandu Post
- Winning the toss is not benefiting the teams in NPL Season 3Kathmandu Post
- Sudurpaschim set Karnali 177-run targetKathmandu Post