गाडीमा सिट नपाएपछि बचेको अवधेशको जीवन, तर गुमे गर्भवती श्रीमती, तीन छोरी र दुई भाइ
Read the full story at Nagarik News

छठ पर्व मनाउन काठमाडौं उपत्यकाबाट सर्लाहीको सुन्दरपुर फर्किने तयारीमा अवधेश यादवको परिवार बुधबार साँझदेखि नै जुटेको थियो । घरमा छठ पूजाका लागि आवश्यक सामग्रीदेखि लगाउने कपडासम्म सबै पोको पारेर तयार राखिएको थियो । श्रीमती, छोराछोरी र दुई भाइसहित आठ जनाको परिवार एकैसाथ गाउँ फर्किने तयारीमा थियो । राति खाना खाएर सुतेका अवधेशको निद्रा राति १ बजे खुल्यो । उनले श्रीमती पुनमलाई उठाए । राति साढे १ बजे गाडी छुट्ने सल्लाह थियो ।
पुनमले १० वर्षीया छोरी अनु, सात वर्षीया दीक्षा, पाँच वर्षीया दीपीका र १४ महिने छोरा सुदीपलाई उठाएर कपडा लगाइदिइन् । अवधेश र पुनम पनि तयार भए । उनका भाइहरू विकेश र सुवोध पनि घर जाने उत्साहका साथ निस्किए । सबै जना ललितपुरको टीकाथली चोक पुगे । सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरकै एउटै टोलका मानिस मिलेर गाडी रिजर्भ गरेका थिए । सबै सँगै घर पुग्ने योजना थियो ।
१४ सिट क्षमता भएको हाइसमा बालबालिकासहित २० जना चढिसकेका थिए । परिवारका सबै सदस्य गाडीमा बसेपछि अवधेशका लागि ठाउँ बाँकी रहेन । गाडीमा बस्ने सिट नपाएपछि उनले अर्को दिन एक्लै घर जाने निर्णय गरे । त्यतिबेला उनलाई लागेको थियो, परिवार गाउँ पुगेर छठको तयारीमा जुट्नेछ । आफूले एक दिन भए पनि व्यापार गरेर शुक्रबार साँझसम्म घर पुग्नेछु ।
More environment
- हिमाल संकटमा पर्दा सिंगो मानवता संकटमा पर्छ: परराष्ट्रमन्त्री खनालNepal Khabar
- China’s solar-powered drone completes maiden flightThe Hindu
- The planet ‘is being killed’, Greta Thunberg tells Cop31 climate summitThe Guardian
- जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि अनुदानमा आधारित वित्त उपलब्ध गराउन मन्त्री चौधरीको आग्रहDC Nepal
- Can the fight against climate change be good for business?France 24
- हिमाली मुलुकका लागि अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउन नेपालको मागNagarik News