राजनीतिThaha Khabar
यू-१९ एसिया कप : नेपाल र यूएई भिड्दै
Read the full story at Thaha Khabar

खेल ओमानको अल अमेरातमा बिहान पौने ११ बजे सुरु हुनेछ । समूह ए मा रहेका नेपाल र युएई आज पहिलो जितको खोजीमा मैदान उत्रिन लागेका हुन्। दुवै टोलीले आफ्नो पहिलो खेलमा पराजय भोगेका छन् ।
नेपाल पहिलो खेलमा भारतसँग १० विकेटले पराजित भएको थियो भने युएई पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो। नेपालका लागि युएई सहज प्रतिद्वन्द्वी हो। नेपाल र युएईको अन्डर नाइन्टिन टोलीबीच भएका पछिल्ला ५ खेलमा नेपालले ४ खेल जितेको छ भने एउटा खेल डिएल मेथडका आधारमा युएईले जितेको छ।
नेपालले सेमिफाइनको सम्भावना जिवित राख्न आजको खेल जित्नै पर्ने दबाब छ । नेपालले मंगलबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । आजै समूह ए का भारत र पाकिस्तानबीच पनि प्रतिस्पर्धा हुँदैछ ।
More politics
- Your guide to this week’s cultural events in Kathmandu ValleyKathmandu Post
- We’ve been best friends with dogs for thousands of years. Here’s how it beganKathmandu Post
- David Warner lifts TU as Kathmandu hand Lumbini their first defeat of the seasonKathmandu Post
- Nepal’s 250-year-old foreign policy still works. Why does no one use it?Kathmandu Post
- Why this government still needs questioningKathmandu Post
- Sugar supplies assured for Tihar, but LPG shortages persistKathmandu Post