नागरिकताको नयाँ भन्दा प्रतिलिपि लिने धेरै
Read the full story at Onlinekhabar (Nepali)

२४ कात्तिक, काठमाडौं । नयाँ नागरिकता लिने भन्दा नागरिकता लिइसकेका तर हराएका, जलेका, वा कुनै पनि कारणले नस्ट भएको भनेर नागरिकताको प्रतिलिपि लिनेको संख्या धेरै रहेको पाइएको छ । गृह मन्त्रालयको तथ्यांक अनुसार गत साउन, भदौ र असोज महिनामा एक लाख ६९ हजार ९७३ जनाले नयाँ नागरिकता लिए । जबकी यही अवधिमा २ लाख २६ हजार ५२९ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । यो देशभरको तथ्यांक हो ।
यस अवधिमा २४५ जनाले आफ्नो नागरिकता रद्ध गरेका छन् । २३ जनाको नागरिकता बदर भएको छ । ५१२ जनाले नागरिकता त्याग गरेका छन् । तीन महिनाको अवधिमा बिभिन्न जिल्लाबाट ४ जनाले पहिले त्याग गरिसकेको नागरिकता पुनः कायम गरेका छन् । गृह मन्त्रालयका अनुसार नागरिकता प्रमाणपत्र सम्बन्धीत प्रक्रियालाई थप व्यवस्थित एवं प्रविधिमा आधारित बनाउने उद्देश्यका साथ हालसम्ममा ६ हजार ६५९ वडा कार्यालयहरुमा अनलाइन प्रणालीमार्फत नागरिकता सिफारिस व्यवस्था कार्यान्वयनमा ल्याइएको छ ।
यस अन्तर्गत साउन, भदौ र असोज महिनामा अनलाइन प्रणालीमार्फत सिफारिस भएको संख्या १ लाख ५० हजार ५४६ रहेको छ । अनलाइन सिफारिस भएकामध्ये १ लाख ५० हजार ३८५ वटा नागरिकता जारी भएको छ । सबै सरकारी कार्यालयहरूले आफ्नो त्रैमासिक प्रगति विवरण सार्वजनिक गर्नुपर्छ ।
More politics
- लामिछानेले ‘सरप्राइज’ दिए शाहले चाल्न सक्ने दुई कदमNepal Khabar
- आईटीयू महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना दोहामाNepal Khabar
- बंगलादेशले भन्यो : शेख हिसनालाई पासपोर्ट दिन मिल्दैनNepal Khabar
- परराष्ट्रमन्त्री खनालले गरे कोप-३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटनNepal Khabar
- कालीमाटीमा च्याउको भाउ किलोमै १४१ रुपैयाँ बढ्योNepal Khabar
- बलात्कार मुद्दामा बेलायती अभिनेता रसेल ब्रान्डविरुद्ध १० वर्ष ६ महिना जेलको फैसलाNepal Khabar