Skip to main content
राजनीतिOnlinekhabar (Nepali)3 outlets covering

राष्ट्रपति पौडेलले बहिनीबाट लगाए भाइटीका

Read the full story at Onlinekhabar (Nepali)

राष्ट्रपति पौडेलले बहिनीबाट लगाए भाइटीका

राष्ट्रपति भवन शीतल निवासमा आज बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा राष्ट्रपति पौडेलले बहिनी शारदा पण्डितबाट विधिपूर्वक भाइटीका लगाएका हुन् । सो अवसरमा बहिनी शारदाले राष्ट्रपतिलाई ओखर, बदामसहितका फलफूल र सौगात प्रदान गरेकी थिइन् ।

राष्ट्रपतिले पनि बहिनीलाई टीका लगाएर उपहार र दक्षिणा दिएका थिए । राष्ट्रपतिको स्वकीय सचिवालयले यसको जानकारी दिएको हो ।

यमपञ्चकको अन्तिम दिन भाइटीका पर्व मनाइन्छ । यस दिन दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाएर दीर्घायु, सुख र समृद्धिको कामना गर्ने प्रचलन छ ।