Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

तातोपानी नाका पूर्णरूपमा खाेल्न चीनसँग कूटनीतिक संवाद तीव्र बनाउन माग

Read the full story at Onlinekhabar (Nepali)

तातोपानी नाका पूर्णरूपमा खाेल्न चीनसँग कूटनीतिक संवाद तीव्र बनाउन माग

२७ कात्तिक, काठमाडौं । भोटेकोशी बाढीपछि आंशिक रूपमा मात्र सञ्चालनमा आएको नेपाल–चीन प्रमुख व्यापारिक नाका तातोपानीलाई तत्काल पूर्ण रूपमा सञ्चालनमा ल्याउन कूटनीतिक पहल गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। सिन्धुपाल्चोक क्षेत्र नम्बर-१ का निवर्तमान सांसद माधव सापकोटाको समन्वयमा बिहीबार नेपाल हिमालय सीमापार वाणिज्य संघको कार्यालयमा आयोजित छलफलमा बागमती प्रदेशका मन्त्री, परराष्ट्रविद्, स्थानीय जनप्रतिनिधि तथा व्यवसायीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले संघीय राजधानी काठमाडौंबाट सबैभन्दा नजिकको दूरीमा रहेको तातोपानी नाका लामो समयदेखि आंशिक रूपमा मात्र सञ्चालन हुँदा व्यवसायी र स्थानीय नागरिक मर्कामा परेको बताएका थिए। उनीहरूले नाका पूर्ण रूपमा खुलाउन संघीय सरकारको तर्फबाट पर्याप्त कूटनीतिक चासो नदेखिएको गुनासो गर्दै तत्काल उच्चस्तरीय कूटनीतिक पहल थाल्नुपर्नेमा जोड दिएका हुन्। अन्तरक्रियामा निवर्तमान सांसद माधव सापकोटा र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का परराष्ट्र सल्लाहकार एवं परराष्ट्रविद् डा.

रूपक सापकोटाले आफूहरूले चिनियाँ राजनीतिक नेतृत्वसँग तातोपानी नाका पूर्ण रूपमा सञ्चालन गर्ने विषयमा चीनमा भेटवार्ता गरेर फर्किएको जानकारी गराएका थिए।