नेपालद्वारा पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनको मुद्दालाई संस्थागत एजेन्डा बनाउन आग्रह
Read the full story at Ratopati

टर्किए । नेपालले पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (यूएनएफसीसीसी) अन्तर्गतको वार्तामा स्थायी तथा संस्थागत एजेन्डाका रूपमा स्थापित गर्न आग्रह गरेको छ ।
जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रमा बढ्दै गएको जोखिम, हिमताल विस्फोटजन्य विपद्, जनधनको क्षति र पारिस्थितिक प्रणालीमा परेको असर सम्बोधन गर्न छुट्टै कार्ययोजना, नियमित संवाद र उच्चस्तरीय राजनीतिक प्रतिबद्धता आवश्यक रहेको नेपालले जनाएको छ । कोप–३१ अन्तर्गत यहाँ आयोजित पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनसम्बन्धी अध्यक्षस्तरीय परामर्शमा नेपालको धारणा प्रस्तुत गर्दै कृषि, वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा महेश्वर ढकालले पर्वतीय क्षेत्रका समस्या छलफलमा मात्र सीमित हुन नहुने बताए ।
नेपाल र भुटानका तर्फबाट साझा धारणा प्रस्तुत गर्दै उनले पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यसूचीको माग कुनै सैद्धान्तिक विषय नभई पर्वतीय मुलुकले भोगिरहेको गम्भीर मानवीय तथा वातावरणीय सङ्कटको परिणाम भएको उल्लेख गरे ।
More environment
- हिमाल संकटमा पर्दा सिंगो मानवता संकटमा पर्छ: परराष्ट्रमन्त्री खनालNepal Khabar
- सडक निर्माणका क्रममा पहिरो खस्दा एक जना घाइतेOnlinekhabar (Nepali)
- आजको मौसम : हिमाली र पहाडी भागमा आंशिक बदली हुनेNagarik News
- पश्चिमी वायुको आंशिक प्रभाव : हिमाली र पहाडी भेगमा हल्का वर्षा तथा हिमपातको सम्भावनाDC Nepal
- हिमाली भेगका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावनाOnlinekhabar (Nepali)
- एनभिडियामा भूकम्प : हुआङ पदमुक्त, पाँच दिनमै ५५० अर्ब डलरको क्षतिRatopati