Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

जग्गा र जनशक्ति अभावमा मत्स्य विकास केन्द्रको काम प्रभावित

Read the full story at Onlinekhabar (Nepali)

जग्गा र जनशक्ति अभावमा मत्स्य विकास केन्द्रको काम प्रभावित

२७ कात्तिक, स्याङ्जा । गण्डकी प्रदेशकै एक मात्र मत्स्य विकास केन्द्र पर्याप्त जग्गा र प्राविधिक जनशक्तिको अभावमा स्थापनाकालीन उद्देश्यअनुसार अघि बढ्न सकेको छैन । स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ मिर्मीमा रहेको केन्द्रले स्थानीय किसानलाई सहुलियतमा माछाका भुरा उपलब्ध गराउनेदेखि प्राकृतिक जलस्रोतमा माछाको संख्या बढाउनेसम्मका जिम्मेवारी पाएको छ । तर आवश्यक पूर्वाधारको अभावमा केन्द्रले सेवा विस्तार गर्न सकेको छैन ।

केन्द्रका कार्यालय प्रमुख आविष्कार पोखरेलका अनुसार केन्द्रको आफ्नै जग्गा छैन । कार्यालयसमेत नेपाल विद्युत् प्राधिकरणको जग्गामा सञ्चालन भइरहेको छ । पर्याप्त जग्गा नहुँदा माछाका भुरा उत्पादन र वितरणको काम योजनाअनुसार गर्न नसकिएको उनले बताए । कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणपछि कालीगण्डकी नदीमा माछाको वृद्धि दर घटेको थियो ।

नदीमा माछाको संख्या र वृद्धि दर कायम राख्ने उद्देश्यले २०६१ सालमा केन्द्र स्थापना गरिएको हो । तर जग्गा र प्राविधिक जनशक्तिको अभावमा स्थापनाकालीन लक्ष्यअनुसार काम गर्न नसकिएको पोखरेलको भनाइ छ । केन्द्रमा प्राविधिकसहित १० जनाको दरबन्दी भए पनि अहिले करारका दुई जनासहित छ जना मात्रै कार्यरत छन् । आवश्यक जनशक्ति र भौतिक पूर्वाधार नहुँदा सेवा प्रवाहमा समेत असर परेको छ ।