रक्षामन्त्री पिट हेगसेथलाई हटाउलान् ट्रम्पले?
Read the full story at Setopati

त्यतिबेला रक्षामन्त्री पिट हेगसेथले इरानसँग युद्ध गर्दा आउन सक्ने जोखिमलाई कम आँकेको र ट्रम्पलाई सैन्य कारबाही अघि बढाउन प्रोत्साहित गरेको विवरण सार्वजनिक भएका थिए। अमेरिकी सञ्चारमाध्यमका पछिल्ला रिपोर्टअनुसार चुनावी हारपछि ट्रम्पले आफ्ना सहयोगीसँग हेगसेथलाई रक्षामन्त्रीमा कायम राख्ने कि हटाउने भनेर छलफल गरिरहेका छन्। हेगसेथले ट्रम्पलाई इरान युद्धमा कसरी साथ दिएका थिए भन्नेबारे सिएनएनले गत मार्च ३१ मा विस्तृत रिपोर्ट प्रकाशित गरेको थियो।
त्यस्तो छलफलमा सामान्यतया रक्षामन्त्रीले सैन्य कारबाहीका सम्भावित जोखिम र त्यसबाट आउन सक्ने परिणामबारे राष्ट्रपतिलाई जानकारी गराउने अपेक्षा गरिन्छ। इरानमाथि आक्रमण गर्दा उसले स्ट्रेट अफ हर्मुज बन्द गर्न सक्ने, त्यसले विश्व अर्थतन्त्रमा असर पार्ने र हवाई आक्रमणबाट मात्रै इरानको आणविक कार्यक्रम पूर्ण रूपमा नष्ट गर्न नसकिने जोखिम थिए। तर हेगसेथले ट्रम्पको सैन्य कारबाहीको योजनालाई समर्थन गर्दै युद्ध नियन्त्रणबाहिर जान सक्ने जोखिमलाई कम आँकेको सिएनएनले तीन स्रोतलाई उद्धृत गर्दै लेखेको थियो।
सिएनएनका स्रोतहरूले हेगसेथले ट्रम्पलाई युद्ध गर्न उक्साएको भनेका थिएनन्। तर ट्रम्पले आक्रमण गर्ने निर्णय गरेपछि उनी त्यसका सबैभन्दा ठूला समर्थक बनेका थिए। ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले सिएनएनसँग भनेका थिए, 'राष्ट्रपतिले निर्णय गरिसकेपछि उनी त्यसका नम्बर एक समर्थक बने।
More politics
- Pokhara Avengers’ losing streak continues in NPLKathmandu Post
- The David Miller show at TU GroundKathmandu Post
- Falling temperatures and polluted air drive up respiratory illnesses in ValleyKathmandu Post
- RSP chief questions government conduct as tensions mountKathmandu Post
- UN expert urges Nepal to revive stalled transitional justice processKathmandu Post
- Dr KC ends hunger strike after government agrees to probe Geta MBBS approvalKathmandu Post