कामलाई सहज र सुरक्षित बनाउने जिमेलका ७ ट्रिक्स
Read the full story at Onlinekhabar (Nepali)

हामीमध्ये अधिकांशले आफ्नो इमेल यात्राको सुरुवात जिमेलबाटै गरेका हुन्छौं। सुरुवाती दिनमा बनाइएका अनौठा वा रमाइला इमेल ठेगानाहरू सम्झिँदा अहिले अचम्म र हाँसो पनि लाग्न सक्छ। तर, आजको समयमा जिमेल व्यक्तिगत सन्देश पठाउने माध्यम मात्र रहेन; यो हाम्रो व्यावसायिक र दैनिक जीवनको एक अनिवार्य हिस्सा बनिसकेको छ। गुगल ड्राइभ, मिट र क्यालेन्डरजस्ता सुविधाहरूसँग जोडिएको जिमेलमा यस्ता धेरै उपयोगी र लुकेका फिचरहरू छन्, जसले हाम्रो समय बचाउनुका साथै उत्पादकत्व बढाउन मद्दत गर्छन्।
यदि तपाईं बैंक विवरण, व्यावसायिक प्रस्ताव वा कुनै संवेदनशील जानकारी पठाउँदै हुनुहुन्छ र त्यो गलत व्यक्तिको हातमा पर्ला कि भन्ने डर छ भने यो सुविधा तपाईंको लागि हो। यो मोड प्रयोग गरेर पठाइएको इमेल प्राप्तकर्ताले अरूलाई फरवार्ड, कपी, प्रिन्ट वा डाउनलोड गर्न सक्दैनन्। साथै, तपाईंले समयसीमा पनि तोक्न सक्नुहुन्छ, जसले गर्दा तोकिएको समयपछि इमेल स्वतः निष्क्रिय हुन्छ। राती अबेर काम गर्ने बानी छ वा अर्कै टाइमजोनमा रहेका ग्राहक/साथीहरूलाई सही समयमा इमेल पठाउनुपर्नेछ भने अब रातभर जागै बस्नु पर्दैन।
तपाईंले अहिले नै इमेल ड्राफ्ट गरेर भविष्यको कुनै पनि निश्चित मिति र समयमा स्वतः जाने गरी मिलाएर राख्न सक्नुहुन्छ। छुट्टीमा बस्दा वा अन्य काममा व्यस्त हुँदा पनि तपाईंको इमेल सही समयमा पुग्छ।
More politics
- चर्को आवाज निकाल्ने ५६ बाइक र स्कुटर कारबाहीमाNepal Khabar
- शुक्लाफाँटामा अटो र स्कुटर ठोक्किँदा सात जना घाइतेNepal Khabar
- लोकेश बम एनपीएलमा टप स्कोरर, कसको कति रन?Nepal Khabar
- भोटेकोसी विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक: अर्थमन्त्री वाग्लेNepal Khabar
- पोखरामा पर्यकटले पनि लगाए भाइटीकाNepal Khabar
- अमेरिकाको आरोप : बेलायती हवाई अड्डामा आक्रमणको षड्यन्त्र गर्नेहरू इरान-समर्थितNepal Khabar