रिग्मो गाउँको कष्ट : शिक्षा-स्वास्थ्यमा छैन सहजता, सधैं सडककै सास्ती
Read the full story at Onlinekhabar (Nepali)

२३ कात्तिक, डोल्पा । डोल्पाको शे-फोक्सुण्डो ताल (३६३९ मि.) नजिकै दक्षितणतर्फ छ, रिग्मो गाउँ । ढुंगा र काठले बनेका परम्परागत घरहरू छन् । हिमाली संस्कृति र निलो तालसँगै रिग्मो गाउँ पनि पर्यटकको आँखामा पर्छ । घरहरूमा रेष्टुरेन्ट र होमस्टे छन् । पर्यटकका कारण चहलपहल र रमाइलो हुन्छ । तर तालको आडैमा रहेको यो रिग्मो गाउँका स्थानीयका दुःख भने अर्कै छन् । रिग्मो प्रवेश गर्ने बित्तिकै भेटिइन् पेम्बा डोल्मा गुरुङ (६२) । ‘सर औषधि छ ?
यहाँ औषधि पाइएन । तेल लगाएर पनि भएन । औषधि दिनु होला,’ स्थानीय लवजमा हातको औँला देखाउँदै उनले समस्या सुनाइन् । उनको घर नजिकै आधारभूत स्वास्थ्य सेवा केन्द्र छ । तर दशैंको बिदाका कारण खुलेको थिएन । खुले पनि औषधि नपाइने गुनासो उनले गरिन् । गत चैतमा रिग्मो गाउँका चुपुर लामा (६५) बिरामी परे । सदरमुकामा दुनैबाट जिपमा सुर्खेतसम्म र सुर्खेतबाट काठमाडौं जहाजमा आउनु पर्यो । ‘यहाँ उपचार हुँदैन ।
छाती र पेट दुखेको सामान्य औषधि हुन्छ । घुँडामा समस्या भएपछि उपचार गर्न काठमडौं गएको हो । तर अस्पताल पुग्न नै ठूलो खर्च लाग्यो,’ उनले भने । ‘जटिल बिरामी हुँदा सदरमुकाम दुनै जाने हो । दुनैमा पनि भएन भने काठमाडौं जानुपर्छ,’ उनले भने, ‘सडक छैन । यहाँ गाडी आउँदैन । हेलिकप्टरबाट अस्पताल पुर्याउन मात्र १०-१२ लाख खर्च हुन्छ । ’ संविधानले स्वास्थ्यलाई नागरिकको मौलिक हकमा राखेको छ ।
More health
- Gaps in services at Telangana’s secondary healthcare facilities to be assessedThe Hindu
- Chennai sees dozens of cracker-related eye injuries; doctors call for cautionThe Hindu
- Rahul Gandhi dares PM to debate him on who is ‘anti-national’The Hindu
- Who is Lori Huang? Meet Nvidia CEO Jensen Huang's wife of 41 yearsTimes of India
- जलवायु परिवर्तनका चुनौती सामना गर्न स्वास्थ्यलाई केन्द्रमा राख्नुपर्छ : मन्त्री मेहताDC Nepal
- Krakow shooting suspect has died in hospital, police sayBBC