इरान युद्धबारे ट्रम्पले भने : ९३ प्रतिशत होइन, पूर्ण जित चाहन्छौँ
Read the full story at Nagarik News

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूहरू ९३ प्रतिशत नभई पूर्ण जित चाहने बताएका छन्। भेटरन्स डे (पूर्वसैनिक दिवस) का अवसरमा अमेरिकी सैनिकहरूको प्रशंसा गर्दै ट्रम्पले उनीहरूकै कारण इरानले कहिल्यै परमाणु हतियार बनाउन नसक्ने दाबी गरेका हुन्। ट्रम्पले अमेरिकाले इरानसँग युद्ध सुरु नगरेको जिकिर गर्दै सन् १९७९ देखि इरानले अमेरिकाविरुद्ध युद्ध छेडिरहेको आरोप लगाए। उनले यस विषयमा धेरै पहिले नै कदम चाल्नुपर्ने भए पनि आफ्नो प्रशासनले अन्ततः जवाफ दिएको बताए।
‘हामीले जवाफ दियौँ। हामीले जितिसकेका छौँ। अब प्रश्न यति मात्रै हो कि हामी यसलाई कहिले अन्त्य गर्न चाहन्छौँ,’ ट्रम्पले भने। उनले थपे, ‘हामी ९३ प्रतिशत जित होइन, पूर्ण जित सुनिश्चित गर्न चाहन्छौँ।
यो पूर्ण जित हुनेछ।’ ट्रम्पले इरानमा अमेरिकाले गरेको विनाश पुनर्निर्माण गर्न २५ वर्ष लाग्ने दाबीसमेत गरे। ‘आशा छ, अब हामीले त्यो देशमा थप केही पनि ध्वस्त पार्नुपर्ने छैन। त्यसलाई फेरि उभ्याउन उनीहरूले धेरै काम गर्नुपर्नेछ,’ उनले भने। ट्रम्पको यो अभिव्यक्ति इरानसँगको युद्धमा अमेरिकाले आफ्नो सैन्य उपलब्धिलाई पूर्ण जितका रूपमा स्थापित गर्न चाहेको संकेतका रूपमा आएको छ।
More world
- घट्यो अमेरिकी डलरसहित यी विदेशी मुद्राको मूल्यNepal Khabar
- Reinforcements rushed as search for missing SPOs intensified in J&K’s KishtwarThe Hindu
- "An Honour": Elon Musk On Hiring Jensen Huang As His Future At Nvidia Hangs In LimboNDTV
- Bengaluru-Mangaluru-Goa Vande Bharat Express users may pay nearly ₹200 moreThe Hindu
- Gorakhpur-bound Chauri Chaura Express derails in Kanpur: A look at other recent train accidentsThe Hindu
- "Sabko Maar Ke Jaunga": Chilling CCTV Of Ex-Tech Mahindra Executive's Murder In FaridabadNDTV