Skip to main content
स्वास्थ्यNepal Khabar2 outlets covering

स्वास्थ्यकर्मीलाई विशिष्टीकृत जलन उपचार तालिम

Read the full story at Nepal Khabar

स्वास्थ्यकर्मीलाई विशिष्टीकृत जलन उपचार तालिम

जलन उपचार सेवालाई विस्तार तथा गुणस्तरीय बनाउन आठ जना चिकित्सक तथा स्वास्थ्यकर्मीलाई विशिष्टीकृत जलन उपचार तालिम प्रदान गरिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको पहलमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले कीर्तिपुर अस्पतालमा सञ्चालन गरेको ३० कार्यदिन अवधिको तालिमको पहिलो पाइलटिङ ब्याच सम्पन्न भएको हो। गत असोज ७ देखि ३० गतेसम्म पहिलो चरण र कात्तिक ९ देखि १८ गतेसम्म दोस्रो चरणको तालिम दिइएको छ।

विषयविज्ञ डा. शंकरमान राईको नेतृत्वमा सम्पन्न तालिममा नारायणी अस्पताल र कर्णाली प्रदेश अस्पतालका चार-चार जना गरी आठ जना चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी थिए। राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक प्रकाशप्रसाद शाहले सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक कृष्णप्रसाद पौडेल, उपचारात्मक सेवा महाशाखाका निर्देशक पवनजंग रायमाझीलगायत मन्त्रालयका प्रतिनिधि, जलन उपचार क्षेत्रका सरोकारवाला तथा विषयविज्ञको उपस्थिति थियो। सरकारको जलन उपचारसम्बन्धी मानक उपचार कार्यविधिअनुसार 'लेभल-३' को जलन उपचार सेवा सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा तालिमले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।