इमर्जिङ नेपालबाट बाहिरिन लागे शशीकान्त अग्रवाल, १ लाख २५ हजार कित्ता सेयर बिक्रीमा
Read the full story at Bizmandu
काठमाडौं। इमर्जिङ नेपालका आधारभूत सेयरधनी शशीकान्त अग्रवाल कम्पनीबाट बाहिरिन लागेका छन्। उनले कम्पनीमा रहेको आफ्नो १ लाख २५ हजार १० कित्ता सेयर बिक्रीमा राखेका छन्।
यो कम्पनीको कुल सेयरको २.२५ प्रतिशत हो। शशीकान्तले आफ्नो नाममा रहेको सेयर ३ महिनाभित्र बिक्री गर्ने आशयसहित कम्पनीमा बिहीबार निवेदन दिएका छन्। आधारभूत सेयरधनीले आफूले धारण गरेको १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुपर्ने भएमा सो सम्बन्धी सूचना ५ कारोबार दिन अगावै जानकारी गराउनुपर्ने प्रावधान अनुसार उनले दिवेदन दिएका हुन्।
शशीकान्तले व्यापार व्यवसायका लागि पुँजी आवश्यक परेको भन्दै इमर्जिङ नेपालमा आफ्नो नाममा रहेको सबै सेयर बेच्न लागेका हुन्। उनले सेयर बेच्नमा लागि निवेदन दिएको जानकारी कम्पनीले शुक्रबार नेप्सेलाई दिएको छ। The post इमर्जिङ नेपालबाट बाहिरिन लागे शशीकान्त अग्रवाल, १ लाख २५ हजार कित्ता सेयर बिक्रीमा appeared first on BIZMANDU .
More business
- Delhi: Fire breaks out at Puri Plaza in Karol Bagh’s Gaffar marketThe Hindu
- कांग्रेस र कम्युनिस्टको उदाहरण दिँदै रविले कार्यकर्तालाई भने- निष्ठाको राजनीति गर्नुस्Setopati
- Research excellence in India’s B-schools requires sustained investment and institutional maturityThe Hindu
- सेयर बजार : १५८ कम्पनीको मूल्य बढ्यो, १०७ को घट्योOnlinekhabar (Nepali)
- रामायणले पहिलो दिन विश्वभरबाट १२७ करोड रूपैयाँ कमायोDC Nepal
- Congress says people must express outrage over inflation by teaching BJP a lesson in upcoming pollsThe Hindu