Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

तिहारमा घट्यो मादलको माग, संकटमा परम्परागत पेसा

Read the full story at Onlinekhabar (Nepali)

तिहारमा घट्यो मादलको माग, संकटमा परम्परागत पेसा

२१ कात्तिक, धनकुटा । तिहार भन्नेबित्तिकै देउसी–भैलो, गीतसंगीत र रमाइलोको पर्व भन्ने गरिन्छ । गाउँघरदेखि सहरबजारसम्म तिहारको उल्लास छाउँदा देउसी–भैलोका भाकासँगै मादलको तालले वातावरणलाई थप रोमाञ्चक बनाउँछ । मादलको घिन्ताङ घिन्ताङ आवाजमा देउसी–भैलो खेल्नेहरूको उत्साह झनै बढ्छ । तर, कुनै समय तिहारको रौनकसँग अभिन्न रूपमा जोडिएको मादल अहिले भने क्रमशः ओझेलमा पर्दैगएको छ ।

तिहार नजिकिएसँगै मादलको माग बढ्ने र मादल बनाउने व्यवसायीलाई भ्याइनभ्याइ हुने पुरानो चलन हो । समयसँगै मनोरञ्जनका माध्यम र मानिसहरुको रुचि परिवर्तन हुँदै जाँदा मादलको प्रयोग घट्न थालेको छ । यसको असर मादल निर्माण गर्दैआएका परम्परागत सीप भएका व्यवसायीहरूमा प्रत्यक्ष रुपमा परेको छ । धनकुटा नगरपालिका–१ गैरी टोलका छोटे भनेर चिनिने छविलाल सार्की विगतमा तिहार आउनुभन्दा करिब १ महिना अगाडिबाट मादल बनाउन व्यस्त हुने गरेको सम्झन्छन् । ‘तिहारको समयमा उनी अन्य काम छाडेर मादल निर्माणको काममा जुट्नुपथ्र्यो ।

त्यसअनुसार यतिबेला पनि हामीलाई मादल बनाउन भ्याइनभ्याइ हुनुपर्ने हो,’ उनी भन्छन्, ‘तर, अहिले मादलको माग निकै कम आउँछ । अहिले त पूरै फुर्सद छ भनेपनि हुन्छ । ’ पहिले चाडपर्व, मेला, महोत्सव र सांस्कृतिक कार्यक्रमको समयमा मादलको माग बढी हुने गरेको उनी सम्झन्छन् ।