इभीको ब्याट्री : विश्वको ८०% उत्पादन क्षमता एउटै देशमा, लिथियम महँगिन थालेपछि नयाँ चुनौती
Read the full story at Bizmandu
काठमाडौं। विद्युतीय गाडीको विस्तारले विश्वको ऊर्जा बजारमा नयाँ प्रतिस्पर्धा जन्माएको छ। कुनै समय महँगो र सीमित प्रविधि मानिने ब्याट्री अहिले विश्व अर्थतन्त्रको रणनीतिक वस्तु बन्दै गएको छ। विद्युतीय गाडी (इभी) को प्रयोग बढ्दै जाँदा यसको ब्याट्रीको माग पनि संसारभर तीव्र रुपमा बढिरहेको छ। सन् २०२५ मा मात्रै विश्वभर इभिमा प्रयोग हुने १.२ टेरावाट आवर (टीएचडब्लू) बराबरको ब्याट्री खपत भएको छ।
यो सन् २०२४ को तुलनामा झन्डै ३० प्रतिशत बढी हो। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) को प्रतिवेदनअनुसार सन् २०२५ मा विश्वभर प्रयोग भएको कुल ब्याट्रीमध्ये ७० प्रतिशतभन्दा बढी इभीमा प्रयोग भएको छ। सन् २०२४ मा यस्तो हिस्सा झन्डै ८० प्रतिशत थियो। इभीको ब्याट्री मागमा चीन सबैभन्दा अगाडि छ। सन् २०२५ मा विश्वभर इभीमा प्रयोग भएको ब्याट्रीमध्ये झन्डै ७५ प्रतिशत चिनियाँ उत्पादकले आपूर्ति गरेका छन्।
चीनमा मात्रै विश्वको कुल इभी ब्याट्री मागको ६० प्रतिशत खपत भएको छ। युरोपेली युनियनको हिस्सा झन्डै १५ प्रतिशत र अमेरिकाको १० प्रतिशत छ। चीनबाहेकका विकासशील तथा उदीयमान अर्थतन्त्रमा पनि इभी ब्याट्रीको माग बढिरहेको छ। यी देशको हिस्सा सन् २०२५ मा ६ प्रतिशत पुगेको छ। एलएफपी ब्याट्रीको प्रयोग बढ्दै पछिल्लो समय इभीमा प्रयोग हुने लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्रीको प्रयोग तीव्र रुपमा बढेको छ।
More world
- अमेरिकी डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य थप गिरावटNepal Khabar
- US: Giant pandas from China make public debut at Atlanta zooDW
- Why soaring freight costs amid West Asia conflict are squeezing Keralam exportsThe Hindu
- Bus overturns as driver falls asleep, seven injured in TirupatiThe Hindu
- How did Telangana get back land worth over ₹55,000 crores? | ExplainedThe Hindu
- Jharkhand tribal leader found dead after Facebook live; alleges harassment by Soren govt., land brokersThe Hindu