मुख्य ठेकेदार सम्पर्कविहीन, करेन्ट लागेका मजदुर बर्न अस्पतालमै अलपत्र
Read the full story at Onlinekhabar (Nepali)

पीडित मजदुरले कार्यस्थलमा न्यूनतम सुरक्षा मापदण्ड पालना नगरी काममा लगाएको, श्रमिकको दुर्घटना बीमा नगराएको, दुर्घटनापछि घटना विवरण लुकाउन खोजेको र उपचार खर्च नतिरी अलपत्र पारेको आरोप लगाएका छन् । २६ कात्तिक, काठमाडौं । कार्यस्थलमा करेन्ट लागेर गम्भीर घाइते इलामका मिलनकुमार नेम्वाङ लिम्बू उपचार पूरा भए पनि घर फर्किन पाएका छैनन् । उपचारमा लागेको खर्च मुख्य ठेकेदारले नतिरेपछि उनी कीर्तिपुरस्थित बर्न अस्पतालमै रोकिएका छन् ।
१० भदौ २०८३ मा ललितपुर कुपन्डोल हाइटमा निर्माणाधीन एक रेस्टुरेन्टमा काम गर्ने क्रममा मिलनलाई करेन्ट लागेको थियो । इन्टिनिटी इन्जिनियरिङ सोलुसन मार्फत काम गरिरहेका उनी छतमा सामान लिन जाने क्रममा नजिकै रहेको हाइभोल्टेज विद्युत् प्रवाह भएको तारको सम्पर्कमा पुगेका थिए । करेन्ट लागेर गम्भीर घाइते भएपछि उनलाई सहकर्मीले उद्धार गरी कीर्तिपुर बर्न अस्पताल पुर्याएका थिए । अस्पतालमा लामो समय उपचारपछि मिलनलाई डिस्चार्ज दिइसकिएको छ ।
तर, उपचारमा लागेको खर्च तिर्न नसक्दा उनी अस्पतालबाट घर फर्किन पाएका छैनन् । रोजगारदाता कम्पनी र ठेकेदारले उपचार खर्च बेहोर्ने आश्वासन दिए पनि अहिलेसम्म सम्पर्कमा नाएको उनले गुनासो पोखे । ‘मेरो डिस्चार्ज भइसकेको छ, तर साहुहरू नआउँदा घर जान पाएको छैन,’ मिलनले दु:खेसो पोखे, ‘अहिले जेलको कैदी जस्तै भएर अस्पतालमा बस्नुपरेको छ ।
More health
- दक्षिणी गाजाको सबैभन्दा ठूलो अस्पतालमा इजरायलको आक्रमण, कम्तीमा छ जनाको मृत्युDC Nepal
- After losing parents to cancer, oncologist sets up hospital in Bengaluru with a larger purposeThe Hindu
- Israeli strike on Gaza hospital kills six Palestinians, health ministry saysBBC
- Meet 'Popeye': Pablo Escobar's hitman who claimed involvement in 3,000 killings before becoming a YouTuberTimes of India
- Prisoner who escaped from Birgunj jail arrested in IndiaOnlinekhabar English
- Strike on Gaza Hospital Kills at Least 6 and Injures 20, Rescuers SayThe New York Times