पोर्चुगलको ‘कटेरो टहरो’ : जहाँ नेपाली संस्कृति भेटिन्छ, विदेशी पाहुना नेपाली परिवार बन्छन्
Read the full story at Ratopati

लिस्बन । बाहिर आँधीहुरी चलिरहेको थियो । मौसम प्रतिकूल थियो। तर, पोर्चुगलको राजधानी लिस्बनस्थित एउटा नेपाली घरभित्र भने आत्मीयता, उल्लास र नेपाली संस्कृतिको छुट्टै रौनक थियो । घरमा सेलरोटी पाकिरहेका थिए, पुलाउ र अचार तयार थिए। नेपाली परम्परागत खानाको सुगन्धसँगै घरभरि फैलिएको थियो तिहारको उत्साह ।
घरको आँगनमा नेपाली र विदेशी पाहुनाको बाक्लो उपस्थिति थियो । कसैको गलामा सयपत्रीका माला थिए, कसैको निधारमा सप्तरङ्गी टीका । नेपाली परम्पराअनुसार दाजुभाइ–दिदीबहिनीबीचको प्रेम र आत्मीयता साटासाट भइरहेको थियो । फरक देश, फरक भाषा, फरक संस्कृति र फरक पेसाका मानिसहरू एउटै परिवारका सदस्यझैँ रमाइरहेका थिए । यो कुनै औपचारिक सांस्कृतिक कार्यक्रम थिएन । न त कुनै व्यावसायिक जमघट नै।
यो त नेपाली संस्कृति र परम्परालाई संसारका विभिन्न देशका नागरिकसँग जोड्ने एउटा परिवारको आत्मीय प्रयास थियो । लिस्बनमा बसोबास गर्दै आएका रमेशराज बास्तोला र उनकी धर्मपत्नी वृन्दा रिजाल बास्तोलाको घर ‘कटेरो टहरो’ नेपाली संस्कृति, परम्परा, आतिथ्यता र नेपालको पहिचान चिनाउने एउटा विशिष्ट थलोका रूपमा परिचित हुँदै गएको छ। आँधीहुरीबीच पनि रोकिएन भाइटीकाको उल्लास यस वर्षको भाइटीकामा पोर्चुगलको मौसम अनुकूल थिएन। आँधीहुरीका कारण कतिपय पाहुना आउन चाहेर पनि उपस्थित हुन सकेनन् ।
More society
- धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक महिलाको मृत्यु, पाँच जना घाइतेDC Nepal
- More women work but in informal and less secure jobsThe Hindu
- ‘Gem Granites’ Veeramani POCSO case: First charge sheet filed, Madras High Court toldThe Hindu
- Spanish court suspends far-right group over alleged hate crimesAl Jazeera
- मोरङमा महिलाको शव फेलाDC Nepal
- US doctor kills building manager after long-running dispute over mould, police sayBBC