आठ कार्यभारमा छलफल गर्न एमाले भेला
Read the full story at Nagarik News

नेकपा एमालेले संगठनात्मक पुनर्संरचना, राजनीतिक कार्यदिशा र स्थानीय तह निर्वाचन तयारीलाई केन्द्रमा राखेर काठमाडौंमा दुईदिने राष्ट्रिय कार्यकर्ता भेला गर्न लागेको छ। पार्टी संगठन विभागको अगुवाइमा अर्को साताको बुधबार र बिहीबारका लागि भेला डाकिएको हो। एमाले संगठन विभागका अनुसार भेलामा तीन हजार बढी नेता, कार्यकर्ता तथा जनप्रतिनिधि सहभागी हुने छन्।
२०७९ सालको स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट विभिन्न पालिकामा निर्वाचित प्रमुखहरू पनि भेलामा सहभागी हुने छन्। भेलाको एउटा उद्देश्य आगामी स्थानीय तह निर्वाचन भएकाले विभिन्न स्थानीय तहमा पार्टीबाट निर्वाचित प्रमुखहरूलाई पनि सहभागी गराउन लागिएको एमालेले जनाएको छ। भेलामा पार्टीका आगामी आठ कार्यभारमा छलफल हुने एमालेले जनाएको छ।
एमालेले अघि सारेका आठ कार्यभारमा सत्यलाई जनस्तरसम्म पुर्याउने, आधारभूत वर्ग र समुदायसम्म संगठन विस्तार गर्ने, संगठनलाई योजनाबद्ध काम र मूल्यांकनमा आधारित बनाउने, युवा र महिलालाई पार्टीको जिम्मेवारी, निर्णय प्रक्रिया र नेतृत्वमा स्थापित गर्ने, पार्टी पुनर्जागरण गर्ने लगायत छन्। उसले प्रतिपक्षको भूमिका, डिजिटल प्रतिवाद र निरन्तर संघर्षलाई पनि आगामी कार्यभारका रूपमा अघि सारेको छ। पार्टी पुनर्जागरणअन्तर्गत प्रत्येक कार्यकर्ताको आत्मविश्वास र जनसम्बन्ध बढाउने, प्रतिपक्षको भूमिकालाई नागरिक अधिकार र जनजीविकासँग जोड्ने एमालेको योजना छ।
More politics
- Land classification delays force government to amend regulations for fourth timeKathmandu Post
- Makawanpur crash kills 14, casts shadow over Chhath preparationsKathmandu Post
- Nepali negotiators at COP31 cling to hope for mountain agendaKathmandu Post
- Why teams are preferring to bat first at NPLKathmandu Post
- Kathmandu airport unable to collect Rs1.5 billion from 42 entitiesKathmandu Post
- Nepali workers make a living on Kedarnath’s 22-kilometre trailKathmandu Post