Skip to main content
राजनीतिNagarik News

दिदीभाइको सम्बन्ध गाँस्दै सयपत्री

Read the full story at Nagarik News

दिदीभाइको सम्बन्ध गाँस्दै सयपत्री

तिहारमा दिदीबहिनीले दाजुभाइका गलामा सयपत्री र मखमली फूलका माला पहिर्‍याएर दीर्घायु, सुख र समृद्धिको कामना गर्छन्। दाजुभाइले पनि दिदीबहिनीप्रतिको माया, सम्मान र आत्मीयता साट्दै भाइटीका मनाउँछन्। दाजुभाइ र दिदीबहिनीबिचको यही प्रेम र सम्बन्धलाई अझ प्रगाढ बनाउने तिहार नजिकिँदै गर्दा बाँकेको कोहलपुरस्थित सुन्दरबस्तीका खेतमा सयपत्री फूल ढकमक्क फुलेका छन्। तिहारका लागि तयार भएका यी फूल बजारसम्म पुर्‍याउने तयारीमा जुटेका स्थानीय युवा भने फूल खेतीमार्फत आफ्नै गाउँठाउँमा रोजगारी र आम्दानीको सम्भावना खोजिरहेका छन्।

कोहलपुर नगरपालिका– १२ सुन्दरबस्तीका युवाहरूले पछिल्लो समय व्यावसायिक फूल खेतीलाई आम्दानीको प्रमुख स्रोत बनाउँदै लगेका छन्। परम्परागत खेतीभन्दा फरक व्यवसायका रूपमा फूल खेती सुरु गरेका उनीहरूले सात वर्षदेखि निरन्तर यसलाई व्यावसायिक रूपमा अघि बढाइरहेका छन्। अन्य बालीको तुलनामा फूल खेतीबाट राम्रो आम्दानी हुने सम्भावना देखेपछि उनीहरू यसतर्फ आकर्षित भएका हुन्। थापा कृषि तथा नर्सरी फर्ममार्फत व्यावसायिक फूल खेती गर्दै आएका युवाहरूले यस वर्ष पनि तिहारलाई लक्षित गरी सयपत्री उत्पादन गरेका छन्।

खेतमा फुलेका पहेंला र सुन्तला रङका सयपत्री फूलले अहिले सुन्दरबस्तीको खेतीयोग्य जमिनलाई आकर्षक बनाएका छन्। फूल फुल्ने समय र तिहारको बजार मागलाई ध्यानमा राखेर खेती गरिएको उनीहरूले बताएका छन्।