Skip to main content
अर्थतन्त्रOnlinekhabar (Nepali)

ममता काफ्ले ह*त्या प्रकरणमा नरेश भट्ट दोषी ठहर

Read the full story at Onlinekhabar (Nepali)

ममता काफ्ले ह*त्या प्रकरणमा नरेश भट्ट दोषी ठहर

२५ कात्तिक, काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा ममता काफ्लेको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन् । १० नोभेम्बर २०२६ मा जुरीले भट्टलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र शव विकृत बनाएको अभियोगमा दोषी ठहर गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । सीएनएनका अनुसार भट्टले आफ्नी पत्नीको हत्या गरेको अभियोग अस्वीकार गर्दै आएकामा जुरीले उनको दाबी अस्वीकार गरेको हो । ममता सन् २०२४ को जुलाईमा भर्जिनियाको मनासस पार्कस्थित घरबाट बेपत्ता भएकी थिइन् ।

उनको शव अहिलेसम्म फेला परेको छैन । करिब छ सातासम्म चलेको सुनुवाइमा झन्डै १०० जनाले साक्षीका रूपमा बयान दिएको पिपुल पत्रिकाले जनाएको छ । फैसलापछि भट्टले हत्याको अभियोगमा आजीवन कारावाससम्मको सजाय पाउन सक्नेछन् । उनको सजाय निर्धारणका लागि आगामी १२ मार्च २०२७ को मिति तोकिएको छ । सुनुवाइका क्रममा भट्टले ममताको शव टुक्र्याएर फोहोरमा फालेको स्वीकार गरेका थिए ।

तर उनले ममताको हत्या आफूले नगरेको दाबी गरेका थिए । एनबीसी वासिङ्टनका अनुसार भट्टले सन् २०२४ जुलाई ३० को बिहान शयनकक्षको भुइँमा ममता अचेत अवस्थामा भेटिएको र उनलाई ब्युँताउने प्रयास गरेको बताएका थिए । करिब ४५ मिनेटदेखि एक घण्टासम्म प्रयास गर्दा पनि सफल नभएपछि आफू आत्तिएको र प्रहरीलाई खबर नगरेको उनको भनाइ थियो ।