छठको समाजशास्त्र : जातीय विभेद, महिला श्रम र सीमान्त समुदायको अर्थतन्त्र
Read the full story at Onlinekhabar (Nepali)

अहिले पनि समुदायका नाममा चन्दा सङ्कलन गरेर छुट्टाछुट्टै पण्डाल बनाउने अभ्यास रहेको रौतहटस्थित वृन्दावन नगरपालिकाका नगर कार्यपालिका सदस्य राजेश पासवान बताउँछन् । अस्ताउँदो र उदाउँदो सूर्यको उपासना गर्दै प्रकृतिको आभार प्रकट गरिने लोकआस्थाको महापर्व छठ आज प्रथम दिन‘नहाय—खाय’ का साथ सुरु भएको छ । चार दिनसम्म चल्ने यो कठोर अनुष्ठानमा साधकहरूले प्रथम दिन पवित्र स्नान गरी चोखो सात्विक भोजन (लौका, चनाको दाल र भात) ग्रहण गरेर शरीर र मनलाई शुद्ध पार्छन् ।
दोस्रो दिन ‘खरना’ का अवसरमा दिनभर निराहार व्रत बसी साँझ सख्खरको खिर (रसियाव) र रोटी कुलदेवता तथा छठी मैयाँलाई अर्पण गरेपछि ३६ घण्टा लामो कठिन निर्जल व्रतको शुभारम्भ हुन्छ । पर्वको तेस्रो दिन साँझ व्रतालुहरू जलाशय तथा नदी घाटमा पुगी अस्ताउँदो सूर्य (प्रत्युषा) लाई पहिलो अघ्र्य दिन्छन् भने चौथो दिन प्रभातमा उदाउँदो सूर्य (उषा) लाई अघ्र्य अर्पण गर्दै निष्ठापूर्वक अनुष्ठानको समापन र पारण गर्छन् । पुरोहित विहीनता र शुद्ध प्रकृतिको सामिप्यतामा सम्पन्न हुने यो पर्वमा राजादेखि रङ्कसम्म र सबै जातजाति एउटै जलमा उभिएर एउटै सूर्यलाई अघ्र्य अर्पण गर्ने सांस्कृतिक परम्परा रहिआएको छ ।
प्रकृति र सूर्यको प्रकाशले जात, वर्ग वा आर्थिक हैसियतका आधारमा कसैलाई भेद नगर्ने भएकाले छठलाई सार्वभौमिक समानता र सहअस्तित्वको अनुपम विम्ब मानिन्छ ।
More society
- डीडीसी विराटनगरका प्रमुख शर्मा पक्राउNepal Khabar
- Police investigating David Walliams over reports alleging serious sexual offencesBBC
- 2.24 lakh students, teachers and staff in Coimbatore get cakes for Children’s DayThe Hindu
- Kapu leaders urge NDA alliance to allocate Srikakulam ZP chairperson’s seat to communityThe Hindu
- Ganja peddler escapes from Madurai court, nabbed in DindigulThe Hindu
- Science in the art museum: Federico Carò of The Met on studying Indian artworksThe Hindu