Skip to main content
अर्थतन्त्रBizmandu

स्वाभिमान लघुवित्तको नाफा २१६.३७ प्रतिशतले वृद्धि, तीन महिनामा कमायो २.५३ करोड

Read the full story at Bizmandu

काठमाडौं। स्वाभिमान लघुवित्तको नाफा बढेको छ। गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको तुलनामा लघुवित्तले यसपालि २१६.३७ प्रतिशतले नाफा वृद्धि गरेको हो। लघुवित्तको नाफा पोहोर पहिलो त्रैमासमा ८० लाख २७ हजार रुपैयाँमा सीमित रहेकामा यसपालि २ करोड ५३ लाख रुपैयाँ कमाएको छ। कर्जा नोक्सानीमा कमी आई ब्याज आम्दानी बढ्दा नाफामा सुधार भएको हो।

लघुवित्तको ब्याज आम्दानी ३६.६० प्रतिशतले वृद्धि भएको छ। कम्पनीले तीन महिनामा ७ करोड १९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। लघुवित्तको कर्जा नोक्सानी ७७.९९ प्रतिशतले घटेर १५ लाख ३४ हजारमा सीमित भएको छ। प्रोभिजनिङ घटे पनि लघुवित्तको निष्कृय कर्जा अनुपात भने बढेको छ। पोहोर असोज मसान्तसम्म ८.४१ प्रतिशत रहेको खराब कर्जा अहिले १२.९२ प्रतिशत पुगेको छ।

लघुवित्तको प्रति सेयर आम्दानी २०.९२ रुपैयाँबाट बढेर ६६.२० रुपैयाँ पुगेको छ। लघुवित्तको कर्जा लगानी केही खुम्चिएको छ। पोहोर असोजसम्म २ अर्ब ९० करोड रुपैयाँ कर्जा लगानी गरेको लघुवित्तको लगानी अहिले २ अर्ब ८६ करोडमा झरेको छ। The post स्वाभिमान लघुवित्तको नाफा २१६.३७ प्रतिशतले वृद्धि, तीन महिनामा कमायो २.५३ करोड appeared first on BIZMANDU .