डिजिटल धुनको भीडमा हराएको छैन मादलको ताल, तिहारसँगै बढ्यो बिक्री
Read the full story at Bizmandu
सुनसरी। तिहार आएसँगै मादलको बिक्री बढ्न थालेको छ। देउसीभैलो खेल्ने समूहले मादल किन्ने भएकाले यसको माग बढ्ने गरेको व्यापारी बताउँछन्। आधुनिक प्रविधिको वाद्यवादन प्रयोग बढे पनि देउसीभैलोमा मादलको आकर्षण घटेको छैन। धरान-२ छाताचोकस्थित साल्सा म्युजिक स्टोरका सञ्चालक सुमन चौधरीले तिहारमा मादलको बिक्री बढी हुने गरेको बताए।
विगत २० वर्षदेखि मादल, गितारलगायत विभिन्न बाजाको व्यापार गर्दै आएका उनका अनुसार तिहारका बेला दैनिक ७० देखि ८० वटासम्म मादल बिक्री हुने गरेको छ। सामान्य समयमा भने दैनिक पाँचदेखि १० वटासम्म मात्र बिक्री हुन्छ। चौधरीले भोजपुर, खाँदबारी, चैनपुर, धनकुटा, हिले, सिदुवा, उदयपुर, रामपुर र बेलटारलगायत स्थानमा मादल पठाउँदै आएका छन्। ३ हजारदेखि ८ हजार रुपैयाँसम्मका मादल उनले बिक्री गर्दै आएका छन्। पहिले बाहिरबाट ल्याएर बिक्री गर्ने चौधरीले अहिले आफ्नै कारखानामा मादल बनाउने गरेका छन्।
आफ्नै कारखाना भएकाले ग्राहकको मागअनुसार आकार र गुणस्तरका मादल बनाउन सहज भएको उनको भनाइ छ। पसल तथा कारखानामा अहिले ६ जनाले रोजगारी पाएका छन् भने परिवारका सदस्यले पनि व्यवसायमा सहयोग गर्दै आएका छन्। धरानको देसी लाइनमा मादलको व्यापार गर्दै आएका यदुनाथ अधिकारीले पनि तिहार नजिकिएसँगै मादलको बिक्री बढेको बताए।
More tech
- Global stocks fall amid ‘big worries over AI’ after Democrats’ midterms triumphThe Guardian
- AI stocks climb after trillions wiped from market valuesBBC
- Protesters break into Microsoft data centre site in AmsterdamAl Jazeera
- University of Madras, Sutherland Global Services to collaborate for setting up an AI labThe Hindu
- Activists break into building site of Microsoft datacentre in AmsterdamThe Guardian
- Data center protesters break into Microsoft site in AmsterdamDW