देशभर १०७ जनप्रतिनिधिको पद रिक्त
Read the full story at Onlinekhabar (Nepali)

२४ कात्तिक, काठमाडौं । देशभर १०७ जनप्रतिनिधिको पद रिक्त रहेको पाइएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार, स्थानीय तहमा ८५, प्रदेशसभामा २० र राष्ट्रिय सभामा दुई पद रिक्त छन् । कार्यकाल नसकिँदै स्थानीय तह र प्रदेशका जनप्रतिनिधिहरू राजीनामा दिएर २०८२ साल फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका थिए ।
धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ राजीनामा दिएर प्रतिनिधिसभा सदस्यमा सुनसरी १ बाट उम्मेदवार बने । चुनाव जिते । त्यहाँ उपमेयर अइन्द्रविक्रम बेघाले उपमहानगर चलाइरहेका छन् । भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल, धुलिखेलका मेयर अशोक ब्यञ्जु, कैलाली टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा, स्याङ्जा कालिगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा लगायतका जनप्रतिनिधिहरू पनि राजनीनामा दिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवार भए ।
ती पदहरू खाली छन् । प्रदेश सभा सदस्यबाट राजीनामा दिएकामध्ये काठमाडौं २ का सुनिल केसी, सिन्धुपाल्चोक २ का युवराज दुलाल, बारा ४ का रहबर अन्सारी, रुपन्देही ४ का कन्हैया बाँनिया र डडेलधुराका ताराप्रसाद जोशी प्रतिनिधिसभा सदस्य निर्वाचित भए । त्यसपछि रिक्त प्रदेशसभाको पदपुर्ति भएको छैन ।
More politics
- Seven held for setting off firecrackers in Rupandehi, one injuredKathmandu Post
- Madhesh prepares for Chhath as families return homeKathmandu Post
- Living alongside rhinos on the fringes of ChitwanKathmandu Post
- Janakpur face must-win test against Sudurpaschim in NPLKathmandu Post
- Explained: Why is Sheikh Hasina’s plan to return to Bangladesh contentious?Kathmandu Post
- बलात्कार मुद्दामा बेलायती अभिनेता रसेल ब्रान्डविरुद्ध १० वर्ष ६ महिना जेलको फैसलाNepal Khabar