एक अनासक्त क्रान्तिकारी
Read the full story at Onlinekhabar (Nepali)

प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले नोनालाई मन्त्री बन्न कर गर्दै मन्त्रालय रोज्न अनुरोध गर्दा पनि उनको जवाफ थियो, ‘म मन्त्री बन्दिन, पार्टीको काममै रमाएकी छु । ’ एउटा जमाना यस्तो पनि थियो- सामान्य मानिसहरू ‘खबर कागज’ वा ‘अखबार’ भनेको ‘गोरखा पत्र’ भन्थे, ‘टूथपेस्ट’ भनेको ‘कोलगेट’ भन्थे । हिजोआज धेरैले युवाको अर्थमा जेञ्जी भन्छन्: हामी पनि जेञ्जी हुँदा यस्ता थियौं, यसो गर्थ्यौं आदि यद्यपि जेञ्जीले सबैका लागि ‘युवा’ को पगरी थामिदिन सक्दैन । २०८२ को भदौ २३-२४ को घटनापछि आफूलाई ‘जेञ्जी’ घोषित गर्नु युवाहरूमाझ फेसन जस्तै भएको थियो र अझै छ ।
सुदूर गाउँका नवयुवाहरू समेत आफूलाई जेञ्जी भन्दा गौरव गर्छन् । उनीहरूमध्ये अधिकांशले बुझेको जेञ्जी हुनु भनेको पुराना खासगरी दलहरूमा आबद्ध नेता कहलिएका मानिसहरूको विरोधमा उभिनु हो । पुराना दलका नेतालाई उनीहरू वेकम्मा, भ्रष्ट र मुलुक लुटिखान पल्केका मानिसका रूपमा लिन्छन् । तर तिनीहरूको यस्तो धारणा आंशिक मात्रै सत्य हो ।
पुराना धेरै नेताले प्रजातन्त्र प्राप्तिका लागि कठोर संघर्ष गरेका थिए, उनीहरूले त्यो त्याग नगरेको भए आज पनि हाम्रा लागि प्रजातन्त्र टाढाकै विषय हुन सक्थ्यो । यस्ता धेरै नेता बितेर गइसके पनि इमान्दार, त्यागी र मुलुकका लागि केही गरौं भनेर लागिरहेका पुराना मानिस अझै कम छैनन् । त्यसैले सबैलाई एउटै टोकरी हाल्नु उचित होइन ।
More politics
- लामिछानेले ‘सरप्राइज’ दिए शाहले चाल्न सक्ने दुई कदमNepal Khabar
- आईटीयू महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना दोहामाNepal Khabar
- बलात्कार मुद्दामा बेलायती अभिनेता रसेल ब्रान्डविरुद्ध १० वर्ष ६ महिना जेलको फैसलाNepal Khabar
- बंगलादेशले भन्यो : शेख हिसनालाई पासपोर्ट दिन मिल्दैनNepal Khabar
- परराष्ट्रमन्त्री खनालले गरे कोप-३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटनNepal Khabar
- कालीमाटीमा च्याउको भाउ किलोमै १४१ रुपैयाँ बढ्योNepal Khabar