तनहुँमा स्क्रब टाइफसको प्रकोप: असोजमै भेटिए १५५ बिरामी, आँबुखैरेनी उच्च जोखिममा
Read the full story at Nagarik News

तनहुँमा किर्नाको टोकाइबाट सर्ने जीवाणुजन्य रोग ‘स्क्रब टाइफस’ को संक्रमण तीव्र रूपमा फैलिएको छ। चालु आर्थिक वर्षको असोज महिनामा मात्रै जिल्लाका सात स्थानीय तहमा १५५ जनामा स्क्रब टाइफस पुष्टि भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कँडेलका अनुसार कुल संक्रमितमध्ये झन्डै एकतिहाइ आँबुखैरेनी गाउँपालिकामा फेला परेका छन्। आँबुखैरेनीमा मात्रै कुल संक्रमितको करिब ३४.८ प्रतिशत अर्थात् ५४ जनामा संक्रमण देखिएको हो।
त्यसैगरी बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकामा समान ३४-३४ जनामा संक्रमण पुष्टि भएको छ। भिमाद नगरपालिकामा २३ जना, शुक्लागण्डकी नगरपालिकामा सात, म्याग्दे गाउँपालिकामा दुई र भानु नगरपालिकामा एक जनामा संक्रमण देखिएको सूचना अधिकारी कँडेलले जानकारी दिए। स्क्रब टाइफस जीवाणुजन्य संक्रामक रोग भएकाले खेतबारी, झाडी, घाँस तथा झारपात भएको क्षेत्रमा काम गर्ने व्यक्तिहरू यसको उच्च जोखिममा रहने कँडेलले बताए। स्क्रब टाइफस हुँदा सामान्यतया ज्वरो आउने, टाउको र मांसपेशी दुख्ने, अत्यधिक थकान महसुस हुने र शरीरमा दाना देखिने जस्ता लक्षण देखा पर्छन्।
कतिपय बिरामीमा खोकी, वाकवाकी, बान्ता वा पेट दुख्ने समस्या पनि हुन सक्छ। समयमै पहिचान र उपचार नभए संक्रमणले फोक्सो, मिर्गौला र मस्तिष्कलगायत शरीरका महत्त्वपूर्ण अंगहरूमा गम्भीर क्षति पुर्याउने चेतावनी स्वास्थ्यकर्मीहरूले दिएका छन्।
More health
- Who exactly is Pete Hegseth, the Pentagon chief facing an impeachment bid?France 24
- 'UPA 2.0 Brought Personal Challenges': Sonia Gandhi On Beating Cancer TwiceNDTV
- Over 3,000 already dead from cholera this year, says WHOSouth China Morning Post
- तिहार : प्रकृति, अन्न, आरोग्य र समृद्धिको महापर्वOnlinekhabar (Nepali)
- David Walliams unmasked as mystery British celebrity facing sexual misconduct allegations, who took media organizations to court to stop his identity from being revealedTimes of India
- The Man Who Helped the C.I.A. Secretly Operate in MexicoThe New York Times