भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ताका सन्तानलाई उच्च शिक्षासम्म पूर्ण छात्रवृत्ति दिने निर्णय
Read the full story at Setopati

शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि बढाएको छ। प्रथम चरणमा २७ जना विद्यार्थीलाई यो छात्रवृत्ति उपलब्ध गराइने निर्णय गरिएको छ भने यसपछि क्रमश: पहिचान गर्दै विभिन्न चरणमा थप विद्यार्थीलाई छात्रवृत्ति दिइँदै जाने शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। 'प्रथम चरणमा २७ जनालाई छात्रवृत्ति दिइनेछ।
यसपछि पनि क्रमश: पहिचान गर्दै चरणबद्ध रुपमा छात्रवृत्ति उपलब्ध गराउनेछौँ,' मन्त्री पोखरेलको भनाइ उद्धृत गर्दै उनको सचिवालयले भनेको छ। प्रस्तावित व्यवस्था अनुसार निजी विद्यालयमा अध्ययन गरिरहेका बालबालिकाको हकमा शिक्षा विभागले अभिलेख राखेर सम्बन्धित छाता संस्था र स्थानीय तहलाई पत्राचार गर्नेछ। त्यस्तै उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई भने विश्वविद्यालय र क्याम्पसहरूमा नियमित रूपमा उपलब्ध हुने छात्रवृत्ति कोटामै थप गरी समावेश गराउन मन्त्रीस्तरीय निर्णयबाट निर्देशन दिइएको छ।
यसको लागि मन्त्रालयले विश्वविद्यालय अनुदान आयोग मार्फत आवश्यक व्यवस्था गर्नेछ। यो निर्णयसँगै भोटेकोशी बाढीमा अभिभावक गुमाएका तथा बेपत्ताका सन्तानले जुनसुकै विषयमा पनि उच्च शिक्षासम्म निःशुल्क पढ्न पाउने भएका छन्।
More society
- Panic in bureaucracy, police and judiciary amid abrupt dismissals, political pressureKathmandu Post
- Four Supreme Court nominees approved after scrutiny of judicial conduct and allegationsKathmandu Post
- From flood-hit areas to crime scenes, Nepal’s police dogs sniff out vital cluesKathmandu Post
- आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिनNepal Khabar
- आज कुकुर तिहार पर्व मनाइँदैNepal Khabar
- सैनिक कल्याणकारी कोषबाट ४० हजार विद्यार्थीलाई छात्रवृत्तिNepal Khabar