Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

गुप्तचर प्रमुख बोकेको रुसी सैन्य विमान किन उत्रियो इजरायल ?

Read the full story at Onlinekhabar (Nepali)

गुप्तचर प्रमुख बोकेको रुसी सैन्य विमान किन उत्रियो इजरायल ?

मस्कोले गत वर्षको जनवरीमा एक व्यापक रणनीतिक साझेदारी सन्धिमा हस्ताक्षर गर्दै खुल्ला रूपमा तेहरानको पक्ष लिएको छ। उक्त सन्धिले रक्षा, सुरक्षा, व्यापार र ऊर्जा क्षेत्रमा सहकार्यलाई गहिरो बनाउँछ। यसबाहेक, हालैको घटनाक्रममा, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नोभेम्बर ५ मा क्रेमलिनमा इरानका वरिष्ठ सुरक्षा अधिकारी मोहसेन रेजाईसँग भेटवार्ता गरेका थिए।

उनीहरूले अमेरिका-इरान द्वन्द्व, क्षेत्रीय सुरक्षा, युद्धपछिको व्यवस्थापन र द्विपक्षीय सहकार्यबारे छलफल गरेका थिए। तेहरानसँगको साझेदारीका बाबजुद मस्कोले ऐतिहासिक रूपमा इजरायलसँग कार्यगत सम्बन्ध कायम राख्दै आएको छ। आफ्ना सेनाहरूबीच आकस्मिक भिडन्त नहोस् भन्नका लागि सन् २०१५ मा सिरियामा रुसको हस्तक्षेपका क्रममा दुई देशले सैन्य समन्वय संयन्त्र स्थापना गरेका थिए।

यसै पृष्ठभूमिमा, अमेरिकी प्रतिबन्धमा परेको रुसी सैन्य विमान हालै इजरायलमा अवतरण भएको घटनाले धेरैको ध्यान आकर्षित गरेको छ। रुसको सैन्य गुप्तचर संस्थाका प्रमुखको नेतृत्वमा रहेको वरिष्ठ प्रतिनिधिमण्डल बोकेको उक्त विमान नोभेम्बर ८ मा बेन-गुरियन विमानस्थलमा अवतरण भएको थियो। उक्त सैन्य विमानको पहिचान रुसको रक्षा मन्त्रालयद्वारा सञ्चालित टुपोलेभ टिउ-१५४एमका रूपमा गरिएको थियो।