सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेलामा आठ टोली सहभागी हुने
Read the full story at Nagarik News

मंसिर २३ देखि २९ गतेसम्म हुने छैटौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेलामा सहभागी हुने टीम र विजेताले प्राप्त गर्ने पुरस्कार रकमको टुङ्गो लागेको छ। आयोजक तेल्लोक स्पोर्टिङ क्लबले शुक्रबार त्येअङसी सिरिजङ्गासिंह थेबेको जन्मभूमि तेल्लोकमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा सहभागी हुने टीम तथा विजेताले पाउने पुरस्कार राशीसहित सिरिजङगा गोल्डकप तथा सिरिजङ्गा मेलाका बारेमा औपचारिक जानकारी दिएको हो। तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष अर्जुन भट्टराईका अनुसार सिरिजङगा गोल्डकपमा आयोजकको एकसहित ८ टीम सहभागी हुने भएका छन्।
यस पटक आयोजकको प्रतिनिधित्व खेवाङ स्पोर्टिङ क्लबले गर्ने भएको छ। प्रतियोगितामा सैनिक युथ क्लब झापा, युनाइटेड खर्साङ फुटबल क्लब भारत, रेडहर्ष फुटबल क्लब इलाम, पाँचथर फुटबल क्लब पाँचथर, युनिक महादेव क्लब बेलवारी, मोरङ, मरिक फुटबल क्लब धरान र म्याङलुङ स्पोर्टिङ क्लब तेह्रथुम सहभागी हुने भएका छन्। क्लबका कोषाध्यक्ष दिनेश भट्टराईका अनुसार प्रतियोगितामा प्रथम हुनेले नगद ३ लाख ५१ हजार ३२२ रुपैयाँ तथा द्वितीय हुनेले १ लाख ७५ हजार ३२२ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने भएका छन्।
गोल्डकपका प्रत्येक खेलमा म्यान अफ द म्याच हुनेले नगद ३ हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक तेल्लोक स्पोर्टिङ क्लबका सचिव रञ्जित मावोले जानकारी दिए।
More sports
- कीर्तिपुरमा क्रिकेटको रौनक: पारिलो घामसँगै एनपीएलमा झुमिरहेका दर्शक (फोटोफिचर)DC Nepal
- NBA: Cunningham scores 52 as Pistons win double OT thriller against WizardsAl Jazeera
- Harry Kane breaks caps record as England reach Nations League knockoutsAl Jazeera
- FIFA loses bid to block UEFA evidence gathering against InfantinoDW
- A Key Paris Agreement Goal Is Dead. What Now?The New York Times
- Lamichhane’s record six-wicket haul keeps Biratnagar’s playoff hopes aliveKathmandu Post