इरानसँगको युद्ध लगभग समाप्त भयो : ट्रम्प
Read the full story at Onlinekhabar (Nepali)

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुराकानीका क्रममा ट्रम्पले सैन्य दृष्टिले इरानको मामिला लगभग टुङ्गिसकेको र इरानको नेतृत्व समाप्त पारिएको दाबी गरे। कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीसँगको भेटवार्तापछि ट्रम्पले यो बयान दिएका हुन्। उक्त भेटलगत्तै उनी अचानक ह्वाइट हाउसको ब्रिफिङ रुममा पुगेर पत्रकारहरूसँग कुरा गरेका थिए।
राष्ट्रपति ट्रम्पले इरानमाथि पुनः आक्रमण गर्ने धम्कीबाट पछि हट्ने सङ्केत पनि दिएका छन्। आइतबार सीएनएनलाई फोनमा दिएको अन्तर्वार्तामा उनले इरानसँगको वार्तामा प्रगति भएमा र उसले बलियो सम्झौतामा हस्ताक्षर गरेमा फेरि आक्रमण गर्नुपर्ने सम्भावना निकै कम रहने बताएका थिए। यसैबीच, अमेरिकी सेनाले पछिल्लो एक हप्तामा इरानमाथि कम्तीमा दुईपटक सीमित आक्रमण गरेको छ, जसमा इरानको एयर डिफेन्स प्रणालीलाई निसाना बनाइएको थियो।
यसका साथै, शनिबार अमेरिकी सेनाले एक व्यापारिक जहाजमा गोली प्रहार गरी त्यसलाई निष्क्रिय बनाइदिएको छ। उक्त जहाजले इरानी बन्दरगाहहरूमा लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी तोड्ने प्रयास गरिरहेको अमेरिकाको दाबी छ। गत हप्ता सम्पन्न अमेरिकी मिडटर्म चुनावमा आफ्नो रिपब्लिकन पार्टीले संसद्का दुवै सदनमा बहुमत गुमाएको पृष्ठभूमिमा ट्रम्पले आठ महिनादेखि जारी इरान युद्धको प्रसंग निकालेका हुन्।
More world
- Trump says FBI is investigating Nvidia chief over alleged China spy linksKathmandu Post
- अमेरिकी र अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्रा महँगिएNepal Khabar
- Trump says more US attacks on Iran 'highly unlikely'BBC
- Japan busts fake cell tower used in phishing scheme targeting Chinese touristsSouth China Morning Post
- How Health Systems Can Spot Risk Before a CrisisPolitico Europe
- Building a European Neurological Health FrameworkPolitico Europe