Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

मंसिर मसान्तभित्र ८ कम्पनीका सेयरमा लकइन अवधि सकिने

Read the full story at Onlinekhabar (Nepali)

मंसिर मसान्तभित्र ८ कम्पनीका सेयरमा लकइन अवधि सकिने

सामूहिक लगानी कोष, संस्थापक, कर्मचारी तथा प्रभावित स्थानीयको सेयरमा लकइन अवधि रहने गरेको छ । यस्तो सेयरमा लकइन अवधि सकिएपछि बजार मूल्यमै किनबेच गर्न बाटो खुल्छ । जसले बजारमा आपूर्ति बढ्ने र मूल्य घट्न सक्ने जोखिम रहन्छ ।

लकइन अवधि सकिनुभन्दा १ महिना अगाडि सार्वजनिक सूचना जारी गरेर जानकारी गराउनुपर्ने व्यवस्थाअनुरुप कम्पनीहरूले सार्वजनिक सूचनामार्फत जानकारी गराउँदै आएका छन् । सेयर सर्वसाधारणमा बाँडफाँट भएको मितिले सामुहिक लगानी कोषका हकमा ६ महिना, स्थानीय तथा संस्थाकका हकमा ३ वर्षसम्म सेयरमा लकइन रहने गरेको छ । मंसिर मसान्तभित्र विभिन्न पक्षले होल्ड गरेको सेयरमा लकइन अवधि सकिने ८ कम्पनीमा याम्बलिङ हाइड्रोपावर, भिजन लुम्बिनी ऊर्जा, टक्सार पिखुवाखोला हाइड्रोपावर, स्नो रिभर्स, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ कम्पनी, कालंगा हाइड्रोपावर र सानीगढ हाइड्रो रहेका छन् ।

टक्सार पिखुवाखोला हाइड्रोपावरमा म्युचुअल फन्डले होल्ड गरेको १ लाख ४९ हजार ३२ कित्ता सेयरमा लकइन अवधि मंसिर ५ गते सकिँदैछ । मुक्तिनाथ कृषि कम्पनीमा संस्थापकको ६० लाख ४८ हजार कित्ता तथा कर्मचारीको ४५ हजार ३६० कित्तासहित कुल ६० लाख ९३ हजार ३६० कित्ता सेयरमा लकइन अवधि मंसिर १८ गते सकिँदैछ ।