हिउँदमा बेँसी, वर्षामा डाँडा : विपद्बाट जोगाउने त्यो चलन
Read the full story at Onlinekhabar (Nepali)

अन्तर्राष्ट्रिय नाकाको रूपमा विकास हुनुभन्दा अगाडि हाल बाढीले बगाएको टिमुरे बस्ती हिउँदे गोठहरू मात्र भएको क्षेत्र हो । त्यहाँका बासिन्दाहरूको पुरानो बस्ती टिमुरेबाट करिब २ किलोमिटर दक्षिण खाइडी भन्ने ठाउँमा छ । पहाडी भेगमा विपद् जोखिमबाट बच्न विभिन्न अनुकूलनका अभ्यासहरू हुँदै आएको पाइन्छ । यसमध्ये गामबेँसी (रिज टु भ्याली) आऊजाऊ गर्ने बसाइँ (सिजनल माइग्रेसन) एउटा महत्त्वपूर्ण अभ्यास हो ।
नेपालमा औलो उन्मूलन हुनुभन्दा अगाडि मध्यपहाडी भागमा हिउँदमा बेँसी र वर्षामा डाँडामा सरेर औलोको प्रकोपबाट बच्ने कोसिस गरिन्थ्यो । यसरी ६ महिना बेँसी र ६ महिना डाँडामा बस्ने गर्दा कृषि, वन, चरणक्षेत्र पनि पनि ज्यादा हुन्थ्यो । यसले प्राकृतिक स्रोतलाई संरक्षण गर्दै उपयोग गर्न सम्भव भएको थियो । औलो उन्मूलन र बेँसी हुँदै यातायात सञ्जाल निर्माण भएपछि मानिसहरू वर्षैभरि बेँसीमा बस्न थाले ।
फलस्वरूप डाँडाकाँडा रित्तिँदै गए र डाँडाकाँडामा रहेका कृषिभूमि बाँझो जमिनमा परिणत हुँदै जान थाल्यो । बेँसीमा जनसंख्याको चाप बढ्न थाल्यो । मानिसहरू बाढीको सम्भावित क्षेत्रहरूमा समेत घरजम गरी बस्न थाले र विपद्को जोखिम बढ्न थाल्यो । मध्यपहाडी भेगमा जस्तै उच्च हिमाली क्षेत्रमा पनि ३ बस्तीको प्रचलन थियो र अहिले पनि कुनैकुनै ठाउँमा यो अभ्यास जारी नै छ ।
More politics
- Woman killed in elephant attack in KanchanpurKathmandu Post
- US jury finds Naresh Bhatt guilty of murdering wife Mamta KafleKathmandu Post
- Karnali announces trials for 14 sports ahead of National GamesKathmandu Post
- Nepal celebrates Bhai Tika, the final day of TiharKathmandu Post
- Koshi recognises 13 additional languages for official useKathmandu Post
- Palpa’s Dhaka cloth weaves its way from festive gifts to tourist keepsakesKathmandu Post