तिहारको मुखमा अकासियो सुन चाँदीको भाउ, प्रतितोला सुन १३३०० र चाँदी २६५ रुपैयाँले महँगियो
Read the full story at Bizmandu
काठमाडौं। तिहारको मुखमा नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ। बिहीबार प्रति तोला सुनको मूल्य १३ हजार ३०० र चाँदीको मूल्य २६५ रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रति तोला २ लाख ८८ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ।
सुन बुधबार २ लाख ७५ हजार ६०० रुपैयाँका दरले किनबेच भएको थियो। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै त्यसकै प्रभाव नेपाली बजारमा परेको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ४ हजार १०० डलर नाघेको छ। चाँदीको मूल्य बढेर ३ हजार ९२० रुपैयाँ पुगेको छ।
चाँदी बुधबार तोलाको ३ हजार ६५५ रुपैयाँका दरले किनबेच भएको थियो। तिहारमा खासगरी धनतेरसका दिन सुनचाँदी धेरै किनबेच हुन्छ। यसपालि धनतेरस शुक्रबार परेको छ। The post तिहारको मुखमा अकासियो सुन चाँदीको भाउ, प्रतितोला सुन १३३०० र चाँदी २६५ रुपैयाँले महँगियो appeared first on BIZMANDU .
More society
- Police chief removed after falling out with PM’s officeKathmandu Post
- Nearly 10 million Nepali children exposed to unhealthy air, UNICEF warnsKathmandu Post
- बहुप्रतीक्षित भारतीय फिल्म ‘रामायण’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शनNepal Khabar
- Delhi Police registers FIR over alleged circulation of child sexual abuse material on Meta platformsThe Hindu
- Supreme Court refuses to transfer Tirupathi ghee adulteration case out of Andhra PradeshThe Hindu
- बर्खास्तीको निर्णयविरुद्ध पूर्व-आईजीपी दानबहादुर कार्की सर्वोच्च अदालतमाDC Nepal